संखुवासभा । संखुवासभामा जारी अरुण भ्याल्ली फुटबल प्रतियोगिताको उपाधी पञ्चकन्या क्लबले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा चुलाचुली क्लब धनकुटा र पञ्चकन्या क्लब संखुवासभा बीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा २—१ गोलअन्तरले पञ्चकन्या क्लबले उपाधी जितेको हो । प्रतियोगितामा हाफटाइम अगाडी चुलाचुली क्लब धनकुटाका तपन कार्कीले १ गोल गर्दै क्लबलाई अग्ररता दिलाएका थिए । हाफटाइम पछि पञ्चकन्याका जीवन मगरले १ गोल फर्काउर्दै बराबर भएका थिए भने त्यसपछि पुनः जीवन मगरले थप एक गोल थपेर पञ्चकन्याले उपाधी जितेको हो । फाइनल खेल अत्यन्तै रोमाञ्चक र कडा भिडन्त भएको थियो । प्रतियोगितामा सेमिफाइनलिष्ट दुई टिम सेकाहा क्लब र लोहोरुङ क्लब भएका छन् ।
प्रतियोगिताका उत्कृष्ट गोलरक्षक चुलाचुलीका निकेस सुन्दास, सर्बाेकृष्ट खेलाडी पन्चकन्याका जीवन मगर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता पन्चकन्याका जीवन मगर र सभापोखरीका जोन ग्लोरीले बराबर गोल गरे छनौट भए ।

जिल्लाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा एडभान्स क्लबको आयोजनामा नवौं संस्करणको अरुणभ्याल्ली फुटबल प्रतियोगिता गत कात्तिक ७ बुधबार देखि शुरु भएको प्रतियोगिता आज कात्तिक १२ सोमबार समापन भएको हो । प्रतियोगितामा जिल्लाभित्रका ९ टिम र जिल्ला बाहिरका ३ टिमका १२ टिमले प्रतिस्पर्धा गरेका थिए । एडभान्स क्लबले विगत लामो समयदेखि दशैं र तिहारको बीचमा प्रतियोगिता संचालन गर्दै आएको छ । दैनिक दुई वटा मात्रै प्रतियोगिता संचालन भइरहेको छ भने खेल हेर्न आयोजकले टिकटको ब्यबस्थापन गरेको थियो । प्रतियोगिता हेर्न टिकट काटेर भएपनि दर्शकहरुको ठूलो भीड लागेको थियो ।
प्रतियोगिताका बिजेताले नगद रु. २ लाख, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद रु. १ लाख, टर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरि सेमिफाइनलिष्ट दुई टिमले नगद २५÷२५ हजार रुपैया प्राप्त गरे । उनीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका साँसद तथा पूर्वस्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमका खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, एन्फाका केन्द्रीय प्रतिनिधी गौरीमान राई, षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास र कोशी प्रदेश फुटबलका उपाध्यक्ष शिव न्यौपाने लगायतका अतिथीहरु रहेका थिए ।

प्रतियोगितामा खेलकुदका साथै मनोरञ्जनात्मक कार्यक्रमहरु समेत संचालन गरिएको थियो । रियालिटी सो मेरो भ्वाइस यूनिभर्सका फाइनलिष्ट परेश राईले समेत गीतहरु प्रस्तुत गरेका थिए ।
तलको भिडियो लिंक पनि खोलेर हेर्नुहोस...
https://www.youtube.com/watch?v=7ftrTohHtAY&t=35s