मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सातौ पांमा कप फुटबल :
पांमा कपको उपाधी एडभान्सको पोल्टामा (भिडियो सहित)

Sankhuwasabhapress 598+ समाचार ( )
१२ पौष २०८०, बिहीबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ पांमामा सम्पन्न सातौ पांमा कप फुटबल प्रतियोगिताको उपाधी एडभान्स क्लब मानेभञ्याङ्गले पोल्टामा पारेको छ । 

बुधबार आयोजक लोहोरुङले क्लब पांमा र एडभान्स क्लब बीच भएको फाइनल खेलमा लोहोरुङलाई हराउदै एडभान्सले उपाधी पोल्टामा पारेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा एडभान्सले ४–२ ले बाजी मारेको हो । पहिलो हाफमा उत्कृष्ट खेल प्रर्दशन गरेको लोहोरुङले दुई गोल गरेको थियो । खेलको ९ औं मिनेटमा लोहोङका विजय भुजेल र ३२ औं मिनेटमा किरण तामाङले गोल गरेका थिए ।

दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको एडभान्सले २ गोल गरी निर्धारित समयमा खेल बराबरी हुन पुग्यो । खेलको ६० औं मिनेटमा एडभान्सका विशाल काफ्लेले एडभान्सका लागि पहिलो गोल गरे ।

त्यसैगरी खेलको ६५ औं मिनेटमा एडभान्सका ज्ञानेन्द्र भण्डारीले हानेको गोलले खेललाई बराबरीमा पु-यायो । खेलको १३ औं मिनेटमा लोहोरुङका किरण तामाङ र ४७ औं मिनेटमा एडभान्सका ज्ञानेन्द्र भण्डारीले पहेलो काड पाएका थिए । 

एडभान्सले भारतको सिक्किमलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी आयोजक लोहोरुङ कोसी पुलिस क्लबलाई ३–० हराउँदै फाइनलमा पुगेको थियो ।

उपाधीसँगै एडभान्सले नगद एक लाख ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यसैगरी उपविजेता आयोजक लोहोरुडले नगद ८१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए । सेमिफाइनलमा पुगेका भारतको सिक्किम र कोसी पुलिस क्लबले नगद २५/२५ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेतालाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

खाँदबारी–४ पांमा बर्सेनि किराँतहरुको उद्योली धान्यपूर्णिमाको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको फाइनल खेलको दिन स्थानीय ढाडे बजार समेत लाग्ने भएकाले निकै रौनकता थपिएको थियो । किराँत समुदायले साकेला नृत्य प्रस्तुत गर्दा मानिसहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भिडियो लिंक....

https://www.youtube.com/watch?v=5jvNxbs1eyE&t=19s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार