मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

खाँदबारी नगरपालिका :
खाँदबारी नगरपालिकाद्धारा तीजको अवसरमा मनकामनाका बृद्धा र कारागारका कैदी महिलाहरुलाई फलफूल वितरण

Sankhuwasabhapress 612+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

संखुवासभा । खाँदबारी नगरपालिकाले हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा मनकामनाका बृद्धा र कारागारका कैदी महिलाहरुलाई ओढ्ने कपडा (बर्को) र फुलफूल वितरण गरेको छ ।

विहिबार विहान खाँदबारी नगरपालिका–९ स्थित रहेको प्रसिद्ध मनकामनाधामको बृद्धाआश्रममा बस्र्दै आएका बृद्धा आमाहरु र खाँदबारी कारागारका कैदी महिलाहरुलाई ओढ्ने कपडा (बर्को) र फुलफूल वितरण गरेको हो । बृद्धाआश्रममा बस्र्दै आएका २० जना आमाहरुलाई ओढ्ने कपडा (बर्को) र फुलफूल वितरण गरेको हो । प्रत्येक बृद्धाहरुलाई एक÷एक थान बर्को र एक÷एक पोका फलफूलहरु स्याउ, बिस्कुट र जुस लगायत प्रदान गरिएको खाँदबारी नगरपालिकाका कार्यवहाक मेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले बताईन् ।

उनको अनुसार, मनकामनाबाट फर्किएपछि खाँदबारी कारागारमा कैदी जीवन बिताईरहेका ६ जना महिलाहरुलाई ओढ्ने कपडा (बर्को) र फुलफूल वितरण गरेको हो । उनीहरु प्रत्येक महिलाहरुलाई एक/एक थान बर्को र एक÷एक पोका फलफूलहरु स्याउ, बिस्कुट र जुस लगायत प्रदान गरिएको हो ।

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा ति महिला आमाहरु र कैदी महिलाहरुलाई वितरण गरिएको हो । उक्त बर्को तथा फलफूल वितरण गर्न खाँदबारी नगरपालिकाका कार्यवहाक मेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, खाँदबारी १ र ९ नम्बर वडा अध्यक्षहरु निरन्जन श्रेष्ठ र विमलराज गौतम, खाँदबारी नगरपालिकाका कार्यपालिका सदस्य इन्द्रमायाँ बराइली, उदिम राई र नरेन्द्रकुमार राई, सामाजिक विकास अधिकृत खेमराज निरौला र उपमेयरका स्वकीय सचिव सरोज श्रेष्ठ लगायत कार्यपालिका सदस्यहरु, वडाध्यक्ष तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार