मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

पहिरो :
भोटखोलामा पहिरोले ६ घरमा क्षति

Sankhuwasabhapress 618+ समाचार ( )
९ श्रावण २०८२, बिहीबार

संखुवासभा । जिल्लाको भोटखोला गाउँपालिकामा मंगलबार राति अविरल बर्षासँगै आएको पहिरोले ६ घरमा क्षति पुर्‍याएको छ ।

भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा मंगलबार राति करिब ८ बजे तिर ठूलो ढिस्को सहित ढुङ्गा खसेर एक घर पूर्ण क्षति, एक घर आंशिक र चार घर पूर्ण बिस्थापित भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । उनको अनुसार, स्थानीय लिलाबहादुर श्रेष्ठको ७ जना, लाप्साङ शेर्पाको ४ जना,  मुस्कान शेर्पाको ५ जना र सुब्बा श्रेष्ठको ३ जनाको परिवार बिस्थापित भएका छन् भने रन्जना श्रेष्ठको घरमा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बिस्थापित परिवारलाई स्थानीय युवाहरु, स्याक्शिला, गोला प्रहरी चौकीको टिम र गाउँपालिका अध्यक्षको टिमले अनुगमन गरि सुरक्षित स्थानमा अस्थायी पुनस्र्थापना गरेको अध्यक्ष भोटेले जनाएको छ । 

बर्खामा समय भएकाले भोटखोला लगायत जिल्लाको विभिन्न ठाउँमा बर्षात् भइरहेको हुदाँ अझैपनि ठाउँ–ठाउँमा जोखिम बढेको छ । सचेत भएर यात्रा गर्न र सचेत भएर रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार