मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

पांमा कप फुटबल :
पांमा कपको उपाधी जित्न आयोजक लोहोरुङ र एडभान्स भिड्ने

Sankhuwasabhapress 612+ समाचार ( )
११ पौष २०८०, बुधवार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ पांमा स्थित भगीवन्त रंगशालामा जारी पांमा कप फुटबलको फाइनलमा आयोजक लोहोरुङ क्लब र एडभान्स क्लब पुगेको छ ।

(आज) मंगलबार पहिलो खेल एडभान्स र भारत सिक्किम बीच भएको थियो । उक्त खेलमा सिक्किमलाई २–० ले हराउर्दै एडभान्स क्लब उपाधीको दावेदार बनेको हो । त्यसैगरि दोस्रो खेल आयोजक लोहोरुङ क्लब र कोसी पुलिस बीच भएको थियो । सो खेलमा कोसी पुलिसलाई ३–० ले हराउर्दै आयोजक लोहोरुङ क्लब फाइनलमा पुगेको हो ।

भोली (बुधबार) आयोजक लोहोरुङ क्लब र एडभान्स क्लब बीच प्रतिस्पर्धा हुनेछ । टाढाबाट आएका भारतको सिक्किम र कोसी पुलिस सेमिफाइनलमा नै चित्त बुझाउन बाध्य भए । 

‘स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतहरुको महानपर्व उधौली तथा धान्यपूर्णिामाको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । उक्त प्रतियोगितामा भारतको सिक्किम, कोशी पुलिस लगायत नाम चलेका कोशी प्रदेशभित्र १२ क्लबको सहभागीता रहेको छ ।

प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार र उपबिजेतालेनगद  ८१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने सेमिफाईनलमा पुग्ने २ टिमले जनही २५/२५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार