मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

मेन्छायम युवा क्लबको आयोजना :
पर्यटकीय क्षेत्र गुफापोखरीमा फुटबल प्रतियोगिता हुने

Sankhuwasabhapress 612+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

संखुवासभा । जिल्लाको पर्यटकीय क्षेत्र चैनपुर नगरपालिका–१ मा रहेको गुफापोखरीमा फुटबल प्रतियोगिता हुने भएको छ ।

‘खेलकुदको सन्देश, एकताबद्ध देश’ भन्ने मुलनाराका साथ मेन्छायम युवा क्लबको आयोजनामा यहि कात्र्तिक २१ देखि २५ गतेसम्म खुल्ला फुटबल प्रतियोगिताका साथै केलाङ नृत्य र पुक्लुम् लेप्मा (छेलो हान्ने) प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष भीम लिम्बूले बताए । २०४७ सालदेखि निरन्तर रुपमा रानीमेला आयोजना गर्दै आएपनि कोरोना महामारी पछि बन्द रहेको र यो बर्षदेखि पुनः खेलकुदका साथै विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष लिम्बूको भनाइ छ ।  

खुल्ला फुटबल प्रतियोगिताका विजेताले नगद रु. १ लाख १ हजार १११ रुपैया, तीनबर्षे कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. ५१ हजार रुपैया, दुईबर्षे कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि तृतीयले नगद रु.२५ हजार रुपैया, एकबर्षे कम, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सर्वोकृष्ट खेलाडीलाई जनही पुरस्कृत गरिनेछ । 

त्यसैगरि केलाङ नृत्य तर्फ प्रथम हुनेले नगद रु.५० हजार, द्धितियले नगद रु.३० हजार र तृतीयले नगद रु.२० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरि पक्लुम् लेप्मा (छेलो हान्ने) तर्फ प्रथमले नगद रु. ७ हजार, द्धितियले नगद रु ५ हजार र तृतीयले नगद रु. ३ हजार प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार