मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

प्रधानमन्त्रीलाई ज्ञापनपत्र
एमालेद्धारा संखुवासभाको समग्र विकास निर्माण र किमाथांका नाका खुलाउन माग (भिडियो सहित)

Sankhuwasabhapress 612+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

संखुवासभा । संखुवासभाको समग्र विकास निर्माण र चीनसँगको उत्तरी सिमावर्ती किमाथांका नाका खुलाउन माग गर्दै नेपाल कम्यूनिष्ट पार्टी (एमाले) द्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार नेपाल कम्यूनिष्ट पार्टी (एमाले) जिल्ला कार्यसमिति संखुवासभाले लामो समयदेखि बन्द रहेको उत्तरी सिमावर्ती किमाथांका नाका तत्काल खुलाउन माग सहित जिल्लाभित्रका विभिन्न समस्याहरु  सहित १० बुदेँ माग सहित संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । 

उक्त ज्ञापनपत्र बुझाउन नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष तथा पूर्वअर्थमन्त्री तुलसीप्रसाद न्यौपाने, पूर्वसामाजिक विकास मन्त्री जीवन घिमिरे र जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, सचिव खड्ग राई, प्रदेश सदस्य अधिबक्ता भविश्वर गुरुङ लगायतका एमालेका नेता तथा कार्यकर्ताहरुको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

जिल्लाको भोटखोला गाउँपालिकामा रहेको चीनको तिब्बतसँग जोडिएको उत्तरी किमाथांका नाका लामो समयदेखि बन्द हुदाँ भोटखोला क्षेत्रमा निकै समस्या भएको र निकट भविष्यमा प्रधानमन्त्री ज्यूको चीन भ्रमणमा यो नाका खुलाउने बिषयले प्राथमिकता पाउनुपर्ने भनी ध्यानाकर्षणपत्र पेश गरिएको एमालेका संखुवासभा अध्यक्ष जीतबहादुर घिमिरे बताए । उनले जिल्लाका समग्र विकास निर्माण लगायतका १० वटा बुदाँ ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएको बताए । 

नेकपा एमालेको बुझाएको ज्ञापनपत्रमा भनिएको छ—‘जिल्लामा निर्माणधीन नौ सय मेगावाट अरुण तेस्रो परियोजना अन्तर्गत खाँदबारी–४ छयाङकुटीडाँडा देखि पावारहाउस पुखुवासम्मको सडक बन्द, पावारहाउस बन्द लगायत स्थानीयलाई मुआब्जा वापतको रकम निकासी गरिनु पर्ने, अरुण तेस्रो कामदारहरुले समयमा ज्याला नपाएको बिषय समाधान हुनपर्ने, खाँदबारी–किमाथांका कोशी राजमार्गको सडकको काम समयमा हुनुपर्ने, विदुषी योगमायाँ आयुर्वेद विश्वविद्यालयको कामले तिव्रता पाउनुपर्ने, पशुहरुमा देखिएको लम्पी स्कीन महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बर्खाको समयमा भएका बाढिपहिरो जस्ता क्षतिको लगत संकलन गरि राहत वितरणमा सरकार लाग्नुपर्छ ।’

नेकपा एमालेको पूर्ण बैठक र सचिवालय विस्तारित बैठकको लागि एमालेका नेताहरु जिल्लामा भेला भएका हुन् । दुई दिने बैठक समापनपछि जिल्लाका विकास निर्माण र समसामयिक विषयहरुको बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको हो । 

https://www.youtube.com/watch?v=tCJsVf-RRa0&t=16s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार