मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

#मेयर महेश थपलिया
सुपेरियर सिटीको निमन्त्रणामा खाँदबारीका मेयर महेश थपलिया अमेरिकामा

Sankhuwasabhapress 612+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

संखुवासभा । खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित टाउन अफ सुपेरियर सिटीको निमन्त्रणामा अमेरिका गएका छन् । 

सेटेम्बर ६ र ७ मा आयोजित सिस्टर सिटी बोर्ड बैठकमा सहभागी हुन मेयर थपलियाले अमेरिका गएका हुन् । मेयर थपलियालाई टाउन अफ सुपेरियर सिटी मेयर क्लिन्ट फल्समको औपचारिक निमन्त्रणामा अमेरिका गएका हुन् । मेयर थपलियालाई सुपेरियर सिटी मेयर क्लिन्ट फल्समले भब्य स्वागत गरेका छन् । 

उनले त्यहाँको वस्तुस्थिती र खाँदबारी नगरपालिकामा विभिन्न कार्यक्रमहरु भित्राउन पहल गरिने बताइएको छ । मेयर थपलियाले सुपेरियर सिटीको विभिन्न कार्यक्रमहरु सहभागी भई विभिन्न ठाउँहरुको समेत अवलोकन भ्रमण गर्ने जनाएको छ । मेयर थपलियाले अमेरिकाको जस्तै विकास र निर्माण लगायत त्यहाँका नीति नियमका बारेमा अध्ययन अवलोकन भ्रमण गरिने जनाएको छ । 

यसअघि २०७९ साल मंसिर ६ गते सुपेरियर सिटीका मेयर क्लिन्ट फोलसम सहितको टोली खाँदबारी भ्रमणमा आएका थिए । भने यसअघि पनि खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, प्रशासकीय अधिकृत दिनेश कटटेल र लेखा अधिकृत रुद्रमणि श्रेष्ठ लगायतको टोली अमेरिका भ्रमणका लागि गएका थिए । अहिले भने मेयर थपलिया एक्लै बोर्ड बैठकमा सहभागी हुन गएका हुन् । मेयर थपलियाले दुई हप्ते बसाईपछि नेपाल फर्किने मेयरका स्वकीय सचिव गोकुल खनालले जानकारी दिए ।

केही

समयअघि खाँदबारी नगरपालिकाका टाउन अफ सुपेरियर सिटी दुवै नगरपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ । त्यसैगरि खाँदबारी नगरपालिकाले अमेरिकाको बोल्डर सिटीका मेयरले समेत स्वागत गरेका छन् । केही समयअघि बोल्डर सिटीका मेयर दम्पत्ति लगायतको टोली खाँदबारी भ्रमणमा आएका थिए । खाँदबारी नगरपालिका र बोल्डर सिटी बीच पनि भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको यि दुई सिटीसँग भगिनी सम्बन्ध कायम गराउने पुलको रुपमा खाँदबारीका अग्रस समाजसेवी नारायण श्रेष्ठले भूमिका खेलेका हुन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनको शिक्षा र स्वास्थ्यमा लगानी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार