मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

खाँदबारी –२ चेवाबेसी :
सिटिजन्स बैंकद्धारा ८७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण

Sankhuwasabhapress 612+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–२ चेवाबेसीमा रहेको श्री भद्रकाली आधारभूत विद्यालयका ८७ जना विद्यार्थीलाई सिटिजन्स बैंकले न्यानो स्वीटर वितरण गरेको छ ।

आज शुक्रबार एक कार्यक्रम बीच विद्यालयमा पुगेर बैंकले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । कार्यक्रममा खाँदबारी नगरपालिका–२ का वडाध्यक्ष योगेन्द्र थापाले आफ्नो वडाका विद्यालयलाई छनौट गरी विद्यार्थीहरुलाई स्वीटर वितरण गरेकोमा बैंकलाई धन्यवाद दिए । उनले यस्ता राम्रा कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिन बैंकलाई आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश कटुवाल र खाँदबारी–२ का वडा सदस्य सावित्रीदेवी अधिकारीले बैंक परिवारलाई धन्यवाद दिए ।

चिसोको मौसममा विद्यार्थीहरुलाई न्यानो होस भनेर बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वीटर वितरण गरेको सिटिजन्स बैंक खाँदबारीका शाखा प्रबन्धक ध्रुब गुरुङले बताए । बर्सेनि बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा स्वीटर वितरण गर्दै आएको उनले बताए ।

गत बर्ष सिटिजन्स बैंकले खाँदबारी नगरपालिका ४ सेकाहास्थित श्री कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको शाखा प्रबन्धक गुरुङको भनाइ छ ।

उक्त स्वीटर वितरण कार्यक्रममा खाँदबारी नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष योगेन्द्र थापा, विद्यालयका प्रधानाध्यापक दिनेश कटुवाल, वडा सदस्य सावित्रीदेवी अधिकारी र सिटिजन्स बैंकका शाखा प्रबन्धक ध्रुब गुरुङका साथै बैंकका अन्य कर्मचारीहरु र विद्यालय शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार