मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

सेपाकताक्रो :
अन्तरविद्यालय सेपाकताक्रोको उपाधी हिमालय माविको पोल्टामा

Sankhuwasabhapress 612+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

संखुवासभा । सेपाकताक्रो संघ संखुवासभाले आयोजनामा संचालित अन्तरमाध्यमिक विद्यालय स्तरीय सेपाकताक्रो प्रतियोगिताको उपाधि हिमालय माध्यमिक विद्यालय खाँदबारीले हात पारेको छ।

छात्र र छात्र क्वाड इभेन्ट र छात्र रेगु ईभेन्टमा गरिएको खेलमा सहभागी भई हिमालय मावि पहिलो भएको हो । 

सूर्य सेकेण्डरी ईङलिस बोर्डिङ स्कुल दोस्रो भयो भने महेन्द्र माध्यमिक विद्यालय तेस्रो भएको हो । हिमालय माविले छात्रा क्वाड र छात्र क्वाडमा स्वर्ण पदक प्राप्त गरेको थियो । सुर्य बोर्डिङले छात्र रेगुमा स्वर्ण, छात्रा क्वाडमा रजत र छात्र क्वाडमा कास्य पदक प्राप्त गरि दोस्रो स्थान प्राप्त गरे त्यस्तै, महेन्द्र माविले छात्र क्वाडमा रजत र छात्र रेगुमा कास्य पदक प्राप्त गरि तेस्रो स्थान प्राप्त गरेका थिए।

सहभागी मनकामना रत्न अम्बिका मावि तुम्लिङटारले छात्र रेगुमा रजत पदक, बरुण सेकेण्डरी ईङ्लीस स्कुलले छात्र रेगुमा कास्य र महिला क्वाडमा कास्य पदक प्राप्त गरेका थिए । 

त्यस्तै बालायाम्दाङ माध्यमिक विद्यालय सिलीचोङले छात्र क्वाडमा कास्य र आदर्श विद्या मन्दिर पाठक गाउँले छात्रा क्वाडमा कास्य पदक प्राप्त गरेका थिए । प्रतियोगिताको उत्कृष्ट छात्रतर्फ बरुण बोर्डिङका छत्र राई र र छात्रा तर्फ हिमालय माविकी रामकुमारी राई भईन् । 

शुक्रबार र शनिबार सुर्य बोर्डिङमा आयोजित प्रतियोगीतामा संखुवासभाका खाँदबारी नगरपालिका र सिलीचोङ गाउँपालिकाका ७ विद्यालय सहभागी रहेका थिए ।

समापन समारोहकका प्रमुख अतिथि खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले मेडलिष्ट खेलाडीहरुलाई पदक, प्रमाण पत्र, शिल्ड तथा नगद प्रदान गरेका थिए ।

प्रतियोगिताका पहिलोले नगद २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार