- नवीन गुरुङ
संखुवासभा। खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाको पहलमा संखुवासभाको मनकामनाधाममा १५ करोड ३२ लाख र ढलनिकासमा २५ करोड रुपैया बजेट बिनियोजन भएको छ ।
मेयर थपलियाको अनवर प्रयासको बाबजुद खाँदबारीमा एकैपटक करिब साढे ४० करोड रुपैयाको बजेट प्राप्त भएको हो ।
अर्थ मन्त्रालयले आर्थिक बर्ष २०८१/०८२ देखि २०८३/०८४ तीन बर्षभित्र कार्यसम्पन्न गर्ने गरी बहुबर्षीय योजना अनुरुप खाँदबारी–९ स्थित मनकामनाधाममा पर्यटन पूर्वाधार निर्माण तथा सामुदायिक भवन निर्माण गर्नका लागि ठूलो बजेट प्राप्त भएको हो । अर्थ मन्त्रालयले २०८१ पुस २९ गते पत्राचार गर्दै सो बजेट पठाएको र शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास कार्यालय धनकुटाबाट काम हुने खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले बताए । उनले अब शहरी विकास कार्यालय धनकुटाले केहीदिन भित्र ठेक्का आह्वान गर्नेछ र सोही अनुसार काम अगाडी बढने बताए । १० करोड भन्दा माथि बजेटको काम गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्ने भएकाले त्यो प्रक्रियाको काम भइरहेको मेयर थपलियाले बताए ।
‘मनकामनाधामका लागि शुरुमा ३ करोड ८३ लाख रुपैया बजेट प्राप्त भएको थियो । त्यसलाई बहुबर्षीय योजना माग अनुरुप १५ करोड ३२ लाख रुपैया प्राप्त भएको छ । यसैबर्ष १५ करोड ३२ लाख रुपैयाको को ठेक्का लाग्छ र क्रमामग रुपमा काम हुदै तीन बर्षभित्र काम सम्पन्न हुन्छ ।’—मेयर थपलियाले भने–‘यसैबर्ष खाँदबारीमा ढल निकास लागि पनि २५ करोड रुपैया प्राप्त भएको छ । हामीले ढलनिकास विभागमा ७१ करोड रुपैयाको योजना पेश गरिएकोमा अहिले २५ करोड प्राप्त भएको छ । यो आर्थिक बर्षमा ठेक्का लगाएर काम तुरुन्तै हुने गरि अगाडी बढेका छौं ।’

पूर्वको प्रसिद्ध मनकामना मन्दिर र मनकामनाधामको विकास हुने र आमनागरिकहरुले परिवर्तन देखिने गरि काम हुने मेयर थपलियाले विश्वास ब्यक्त गरे । खाँदबारीको ढलनिकास र मनकामनाधाममा बजेट बिनियोजन गर्नका लागि नेपाल सरकार, अर्थमन्त्री, शहरी बिकास मन्त्री, संखुवासभाका साँसद तथा हाल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, निर्वाचन आयोगका प्रमुख दिनेशकुमार थपलिया र जिल्लाका पूर्वमन्त्री र खाँदबारी नगरपालिकाका सबै कर्मचारीहरुलाई मेयर थपलियाले धन्यवाद ब्यक्त गरे ।
‘जस–जसले स्वच्छ मन र कर्मले संखुवासभा र त्यसभित्र पनि खाँदबारीको बिकासका लागि बजेट बिनियोजन गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुभयो सबै–सबैलाई धन्यवाद तथा आभार प्रकट गर्दछु ।’–मेयर थपलियाले भने ।
थपलिया नेपाली कांग्रेसका तर्फबाट २०७९ साल बैशाख २९ गते भएको स्थानीय तहको निर्वाचनबाट खाँदबारी नगरपालिकाको मेयरमा निर्वाचीत भएका हुन् । विद्यार्थी राजनीतिबाट उदाएका मेयर थपलिया लामो समय केन्द्रीय राजनीतिमा प्रभावशाली नेता भएर काम गरेको उनीमा अनुभव छ । समकालीन नेताहरु एनपी साउद, बालकृष्ण खाँड लगायत केन्द्रीय राजनीतिमा प्रभुत्व जमाएका नेता उनका समकालीन साथीहरु हुन् ।
कुरा राम्रो आयो,काम पनि सम्पन्न होस !सुभकामना!!