मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा छनोट

Sankhuwasabhapress 612+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । यो फिल्म ४८ औं टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुनेछ ।

छनोटपछि निर्माण टिमले जारी गरेको प्रेस विज्ञप्तिमा विश्वको प्रतिष्ठित फिल्म महोत्सवमा नेपाली फिल्म छनोट हुनुले यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको जनाएको छ । ‘यस चलचित्रले नेपाली चलचित्रको विश्वमा दृश्यता बढाउन र सही अन्तर्राष्ट्रियकरणमा टेवा पुर्‍याउनेछ भन्ने आशा लिएका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई, सुम्निमा राई र राज थापाको मुख्य भूमिका रहेको ‘गाउँ आएको बाटो’ले राई समुदायको सामाजिक पृष्ठभूमि र गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।

अमेरिकी छायाकार जोस हेरमले खिचेको यो फिल्मलाई भोजपुरको आमचोक, भोजपुर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन गरिएको छ । फिल्ममा महेश राई र नवीन सुब्बाको लेखन, क्वान पुन लिउङको सम्पादन,  हेडी लिको संगीत र किशोर आचार्यको ध्वनि रहेको छ । मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको फिल्ममा सन्जु राई, नरहाङ राई, भीम राई र देवराज राई कार्यकारी निर्माता छन् । फिल्मका निर्माता नवीन सुब्बा हुन् ।

यस वर्षको टोरन्टो फिल्म फेस्टिभल आगामी सेप्टेम्बर ७ देखि १७ सम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार