मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

संखुवासभा कारागारमा कैदीको मृत्यु प्रकरण :
कारागारका जेलर र सुरक्षा इन्चार्जविरुद्ध किटानी जाहेरी

Sankhuwasabhapress 612+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुई कैदीको सुरक्षा घेराभित्र शंकास्पद मृत्यु भएपछि मृतकका आफन्तले कारागार प्रमुख (जेलर) र सुरक्षाकर्मीका इन्चार्जविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्।

शनिबार संखुवासभा कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र सुरक्षाकर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध मृतक विनोद तोलाङ्गीका दाजु मादी– ५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताए।

कारागारका दुई जनाविरुद्ध किटानी जाहेरी दिँदा कारागार प्रशासन प्रमुख र सुरक्षाकर्मी १० जना नै पर्ने भएकाले किटानी जाहेरी दिएको मृतकका दाजु प्रकाश तोलाङ्गीले बताए। प्रहरीले नौजना कैदीलाई समेत हिरासतमा राखेर अनुसन्धान गरिरहेको र अन्य कैदीहरुलाई समेत अनुसन्धान गरिरहेको जनाएको छ।

शुक्रबार गृह मन्त्रालय कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डे नेतृत्वको टोली र राष्ट्रिय मानवअधिकार आयोगको टोली, मादी नगरपालिका मेयर जीवन लिङथेप, पिडीत पक्ष, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डिएसपी वीरेन्द्र गोदार, अन्य संघसंसस्थाका प्रतिनिधि, अधिकारकर्मी र संचारकर्मीहरुसहितको ब्यापक छलफलपछि मृतकको तर्फबाट किटानी जाहेरी दर्ता गर्ने र पोष्टमार्टम गर्ने लगायतको पाँच बुँदे सहमति भएको थियो।

मृतकको शवको जिल्ला अस्पतालमा शनिबार पोष्टमार्टम गर्ने कामसमेत सकिएको छ। तर, शुक्रबार भएको सहमतिअनुसार प्रहरी प्रशासनले काम नगरेको भन्दै पिडीत पक्षले शव नबुझ्ने अडान दोहोर्याएका छन्। उनीहरु पोष्टमार्टम पछि प्रहरीले किटानी जाहेरी परेका पिडकहरुलाई सार्वजनिक नगरेको भन्दै शव नबुझने अडान लिएका हुन्।

मादी नगरपालिकाका मेयर जीवन लिङ्थेपले प्रहरी प्रशासनले सहमतिअनुसार काम गर्नुपर्नेमा जोड दिए। उनले पिडीतलाई क्षतिपूर्ति लगायतका बिषयलाई समेत प्राथमिकतामा राखेर काम गर्नुपर्ने भएकाले हतारमा शव नबुभ्mने बताए।

गत २४ गते बुधबार जिल्ला कारागार संखुवासभामा कैद सजाय भुक्तान गरिरहेका संखुवासभाको मादी नगरपालिका– ५ का विनोद तोलाङगी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार