संखुवासभा । कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय संखुवासभा सर्वोकृष्ट भएको छ । आर्थिक बर्ष २०८२/०८३ मा भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाले ९४.३८ प्रतिशत लक्ष्य हासिल गरी सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय हुन सफल भएको हो ।
बुधबार सर्वोकृष्ट जिल्ला प्रहरी कार्यालयलाई सम्मान र नयाँ आर्थिक बर्ष २०८३/०८४ का लागि कार्यसम्झौता गर्न कार्यक्रम आयोजना गरिएको थियो । कोशी प्रदेश अन्तर्गतका १४ वटा जिल्ला मध्ये जिल्ला प्रहरी कार्यालय सर्वोकृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक कुमारप्रसाद मैनालीले बताए । कोशी प्रदेश प्रमुखसँग भएको कार्यसम्झौता अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाले लक्ष्य अनुसार अंक प्राप्त गरि सर्वोकृष्ट भएको प्रनाउ मैनालीले बताए ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल तथा कोशी प्रदेश अन्तर्गत रहेका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश अन्तर्गतका अन्य मातहत कार्यालय प्रमुखहरू बिच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम समेत सम्पन्न भएको छ ।
नेपाल प्रहरी संगठन प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुख बिच आर्थिक वर्ष २०८२/०८३ मा भएको बार्षिक कार्य सम्पादन सम्झौतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ८६.३६ प्रतिशत लक्ष्य हासिल गरी सर्वोत्कृष्ट प्रदेश प्रहरी कार्यालय हुन सफल भएको छ ।