मुख्य समाचार
संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत | पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति | लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध | संखुवासभामा २८० मिलिमिटर वर्षा, तनहुँ र स्याङजामा धेरै भारी वर्षा | १५ औं महाधिबेशनको तयारीमा जुट्यो संखुवासभा कांग्रेस | ब्यक्तिगत लेनदेनको विषयलाई अतिरञ्जित गरियो – सचिवालय | नेपाल प्रेस युनियन संखुवासभाको अध्यक्षमा नवीन गुरुङ | अग्नीपिडीतलाई संखुवासभा समाज युएईको नगद सहयोग | संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) |

नेपाली कांग्रेस :
संखुवासभामा कांग्रेसका ३ जना महिला वडा सभापति निर्वाचीत

Sankhuwasabhapress 626+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

संखुवासभा । नेपाली कांग्रेसको ७६ वटै वडाहरुको वडा अधिवेशन सम्पन्न हुदाँ नेतृत्व तहमा ३ जना महिलाहरु वडा सभापति बनेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यतालिका अनुसार असोज ३ र ४ गते संखुवासभाको सबै वडाहरुा वडा अधिबेशन सम्पन्न भएको हो । 

७६ वटा वडामध्ये ३ वटा वडा सभापतिमा महिला सभापति चयन भएको नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । उनका अनुसार, खाँदबारी नगरपालिका वडा नं. ६ मा यसोदा मगर सर्वसम्मत सभापति चयन भएकी छिन् भने खाँदबारी नगरपालिका वडा नं. ७ मा कल्पना मगर सभापति चयन भएकी छिन् । त्यसैगरि पाँचखपन नगरपालिका वडा नं. २ मा अमृता तामाङ दोस्रो कार्यकालका लागि वडासभापतिमा सर्वसम्मत चयन भएकी छिन् । नेपाली कांग्रेसले महिलाहरुलाई नेतृत्वमा तहमा पुर्याउने काम गरिरहेको जनाएको छ ।

नेपाली कांग्रेसले आगामी असोज ७ गते गाउँ/नगर अधिवेशन, असोज १० गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गरि असोज १६ देखि १९ गते सम्म केन्द्रिय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार