पत्रकार महासंघ विरोध :
लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएकोमा नेपाल पत्रकार महासंघ संखुवासभाको विरोध

Sankhuwasabhapress 624+ समाचार ( )
५ अशोज २०८३, सोमबार

संखुवासभा । छापा संचार माध्यमलाई दिइदै आएको लोककल्याणकारी विज्ञापन बापतको शुल्कमा सरकारले भारी रकम कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ संखुवासभाले ज्ञापनपत्र सहित विरोध जनाएको छ ।

सोमबार पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष कृष्णराज शाक्य लगायत पदाधिकारीहरुको टोलीले जिल्ला हुलाक कार्यालयमार्फत सरकार र सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो । 

लोकतन्त्र, गणतन्त्र प्राप्तिका लागि नेपालका संचारमाध्यमहरुले खेलेको भुमिकाको अवमुल्यन गर्दै वर्तमान सरकार प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र विधिको शासनको बिरुद्धमा उत्रिएको पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए । उनले संचार माध्यमलाई सरकारको हेर्ने दृष्टिकोण अनुदार रहेको अध्यक्ष शाक्यले आरोप लगाए ।

ज्ञापनपत्र बुझ्दै जिल्ला हुलाक कार्यालय संखुवासभाका निमित्त कार्यालय प्रमुख अशोक राईले पत्रकार महासंघद्धारा बुझाइएको ज्ञापनपत्र तत्कालै सम्बन्धित तालुक निकायमा पठाइने बताउर्दै र जिल्लाका कुनैपनि छापा माध्यमहरुको बिल अर्काे निर्णय नआएसम्म नबुझ्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार