मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

गृह जिल्लामा भोट माग्दै परेस राई, अन्तिम चरण भएकोले सवैले भोट गर्न आग्रह

Njn Khanal 2+ समाचार ( )
२८ श्रावण २०८०, आइतबार

संखुवासभा । गायन रियालिटी शो मेरो भ्वाईस युनिभर्सको फाईनल चरणमा प्रवेश गरेका परेश राई यस बेला गृह जिल्ला संखुवासभामा छन् । शनिबार खाँदबारी आएका परेश दिनभर भोट माग्न मै ब्यस्त भए ।

खाँदबारी बजार क्षेत्रमा संक्षिप्त घरदैलोमा खटिएका परेश दिउँसो भने परेस जिता जिताऔं अभियानका अभियान्ताहरुले आयोजना गरेको साँगीतिक कार्यक्रममा ब्यस्त भए । उनले करिव आधा दर्जन गीत गाएर सवै सामु भोटको अपिल गरे । यस पटकको अन्तिम पटक भोट दिन पाउने अवसर भएकोले सवैले सकेको सहयोग गर्न उनले आग्रह गरे ।

उनले मोबायलबाट माई ईन्ट्रा एप डाउनलोड गरेर त्यसबाट भोट लगाउन सकिने ‍बताए । उक्त प्रविधि नजानेकाहरुले आफैलाई समेत सम्पर्क गर्न सक्ने तथा आधिकारीक अभियान्ताहरुलाई भोट रकम नै समेत उपलब्ध गराउ सकिने जानकारी दिए । यस पटकको प्रतिष्पर्धामा विजेता बने नेपाली मौलिक गीत संगीतको संरक्षण तथा प्रवर्धनमा लाग्ने समेत राईले प्रतिवद्धता दोहोर्याए।

राई आईतबार (आज) चैनपुरमा आयोजित कार्यक्रममा सहभागी हुने छन् भने भोलीदेखि पुर्वका विभिन्न स्थानहरुको कार्यक्रममा सहभागी जनाई भोट माग्नेछन् । भोट भदौ २ गतेसम्म गर्न सकिने छ ।

को हुन् परेश राई ?

संखुवासभा जिल्लाको चैनपुर नगरपालिका १० ईकुम्बामा जन्मिएका परेशले खराङ स्थित सारदा माविबाट एसएलसी उत्तिर्ण भए । २०६९ मा एसएलसी सकेपछि धरान गएर मानविकी संकायबाट दश जोड दुई उत्तिर्ण गरे ।

सानै उमेरदेखि गीत संगीतमा रुचि रहेको परेशले विद्यालय उमेरदेखि नै विभिन्न सानातिना कार्यक्रमहरुमा सहभागीता जनाउँदै आएका थिए। धरानमा संगीत विषय पढ्न नपाएपछि उहाँ काठ्माण्डौ हानिए । काठ्माण्डौ स्थित मातातिर्थ क्षेत्रमा दिदिको घरमा बसेर उनले आरआर क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेका छन् । अहिले उनी संगीत विषयको तेश्रो बर्षमा अध्ययनरत छन् । २४ बर्षीय परेश ४ दाजु र ४ दिदिको कान्छो भाई हुन् ।

सुरु सुरुमा सानातिना कार्यक्रमहरुमा भाग लिँदै गरेका उनी २०७१ मा रेडियो नेपालले आयोजना गरेको खुल्ला आधुनिक गीत प्रतियोगितामा पुर्वाञ्चल विजेता बने। त्यस्तै अर्को गायन रियालिटी सो भोईस अफ नेपालको पछिल्लो सिजनमा नकाउट चरणबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार