मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

‘पशुपतिप्रसाद २ : भष्मे डन’ ४ दिनमा ६ करोडभन्दा बढीको व्यापार

Sankhuwasabhapress 598+ समाचार ( )
१५ कार्तिक २०८०, बुधवार

दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड ४० लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए ।  

‘दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि, चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ । त्यहाँको भिडभाडले व्यापार राम्रो गरेको संकेत गरेको छ,’ निर्माता लामिछानेले भने । सात वर्षअगाडि प्रदर्शन भएको ‘पशुपतिप्रसाद’को दोस्रो शृंखलाको रूपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपतिप्रसाद २ : भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् ।

उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रूपमा दर्शकले रुचाएको बताए । ‘समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ । उसमा पशुपतिप्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाइ पनि छ,’ अभिनेता कार्कीले भने, ‘यही चरित्रमार्फत म दर्शकमाझ परिचित बनेँ । यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ ।’ 

चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मिहिनेतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए । यसलाई ‘पशुपतिप्रसाद’को दोस्रो भाग वा पात्रविशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए । उनले भने, ‘यसमा कथालाई निरन्तरता दिएका छौँ । सबै पात्र हुनुहुन्छ । त्यसैले यो पहिलो भागकै निरन्तरता हो ।’ चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रका वितरक करण श्रेष्ठले ४ दिनमा ६ करोडभन्दा बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिए । उनले भने, ‘चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौँ । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ । यद्यपि, तथ्यांक दसैँ सकिएलगत्तै सार्वजनिक गर्नेछौँ ।’     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार