मुख्य समाचार
गायक अपन श्रेष्ठले ल्याए नयाँ गीत ‘के सारो सुरो मान्छे’ | असल शासन | कृष्ण माविमा स्काउटको अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न | सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश | सिंहेश्वरी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न | संखुवासभा एमालेमा पार्टीको निर्णय विपरित भ्रम छर्नेलाई कारबाही गरिन पर्ने माग | विशेष महाधिबेसनको माग गर्दै संखुवासभाका ८ वटा संस्थाद्धारा केन्द्रमा ध्यानाकर्षण पत्र पठाए | नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पंगेनी र महामन्त्री दाहाल चयन | सिटिजन्स बैंकद्धारा ८७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण | खाँदबारीमा तमू ल्होसारको अवसरमा शुभकामना आदानप्रदान |

खाँदबार-किमाथांका सडक :
उत्तरदक्षिण कोसी सडक कार्यालय सम्मानित

Sankhuwasabhapress 570+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी देखि किमाथांका कोसी कोरिडोरको काम गर्दै आएको उत्तरदक्षिण कोसी सडक कार्यालय सम्मानित भएको छ ।

आर्थिक बर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्र्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उत्तरदक्षिण कोसी सडक कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरेको हो । उच्च प्रगति तथा कार्यसम्पादन हासिल प्राप्त गर्न सफल भएको भन्र्दै भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले २३ साउनमा एक कार्यक्रम बीच कार्यालय प्रमुख रामबहादुर गुरुङलाई प्रसंसापत्रद्धारा सम्मानित गरेको हो । 

खाँदबारी—किमाथांका १६२ किमि सडकको काम उत्तरदक्षिण कोसी सडक कार्यालयले गर्दै आएको छ । ०६५/६६ सालमा खाँदबारीमा कार्यालय स्थापना भई किमाथांका नाका छिचोल्ने काम शुरु भएको हो । विगतको तुलनामा कार्यालय प्रमुखको रुपमा गुरुङ आएपछि कामले प्रगति गरेको मन्त्रालयको मुल्याङकन छ । कार्यालय प्रमुखको रुपमा गुरुङ आएको छोटो समयमा नै खाँदबारी—नुम ३९ किमि कालोपत्रेको कामले गति लिएको छ ।

हालसम्म पहिलो खण्डमा लबिङहिल–अरुणथान सम्म कालोपत्रे भएको छ भने दोस्रो खण्ड अन्तर्गत कब्दाने–देउरालीमा कालोपत्रे भएको छ । तीनै वटा खण्डमा सडक चौडा, ग्याबेल र वाल लगायत स्तरोन्नतीको काम भइरहेको कार्यालय प्रमुख गुरुङको भनाइ छ । खाँदबारी—किमाथांका जोडनका लागि बरुण नदीमा पुलको काम सम्पन्न भइसकेको छ भने खाँदबारी—छयाङकुटी लगतकट्टाको लागि सार्वजनिक सूचना प्रकाशित भइसकेको छ । 

पछिल्लो समयमा उत्तरदक्षिण कोसी सडक कार्यालयले राम्रो र प्रगतिउन्मुख काम गरिरहेको स्थानीयहरुको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार