मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

संखुवासभामा चिसो बढयो :
किमाथांकामा हिमपात झरेपछि जनजीवन कष्टकर

Sankhuwasabhapress 618+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

संखुवासभा । संखुवासभाको उच्च हिमाली भागहरुमा बाक्लो हिमपात झर्न थालेपछि जनजीवन कष्टकर बनेको छ ।

जिल्लाको उत्तरीक्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांकामा हिमपात परेपछि जनजीवन कष्टकर बनेको हो । बुधबार साँझदेखि किमाथांका क्षेत्र हिमपात झर्न शुरु भएपछि जनजीवन कष्टकर बनेको भोटखोला गाउँपालिका–१ किमाथांकाका वडाध्यक्ष नुर्बू च्यावाले बताए । उनले गाउँको माथि–माथि डाँडामा २/३ फिट हिउँ जमेको छ भने तल गाउँमा एक फिट सम्म हिउँ जमेको बताए । 

बाक्लो हिउँका कारण किमाथांकाका गाउँबस्ती र डाँडाकाँडा सबैले हिउँले छोपिएर सेताम्मे देखिन थालेको वडाध्यक्ष च्यावाको भनाइ छ । बाक्लो हिमपातका कारण पशुचौपायहरुमा बढि असर पुगेको छ भने आमसर्वसाधारण नागरिकहरु घरबाहिर निस्कन सकेका छैनन् । उनीहरु घरभित्र नै आगो तापेर बस्ने गरेको र पशुचौपायहरु गोठमा बाँधिएको तर घाँसपानी दिन समेत समस्या भईरहेको किमाथांका स्थानीयहरुको भनाइ छ ।

हिमपातपछि जाडो बढ्दा बालबालिका र बुढाबुढीहरुलाई सबैभन्दा बढि समस्या परेको छ । ग्रामीण क्षेत्रका मानिसहरुसंग बाक्लो र न्यानो कपडा नभएकाहरुलाई चिसो समस्याग्रस्त बनाएको छ ।  

यता, संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) र गुफापोखरी क्षेत्र विगतको बर्षमा जस्तो बाक्लो हिमपात भएको छैन् । अहिले सम्म सामान्य हिमपात मात्रै भएको गुफापोखरीका स्थानीय भीम लिम्बूले बताए । 

जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात झर्न शुरु भएपछि त्यसको प्रभाव तल्लो क्षेत्रहरुमा समेत परेको छ । सदरमुकाम खाँदबारी आसपासका क्षेत्रहरुमा समेत चिसो ह्वात्तै बढ्न थालेको छ । 

प्रतिक्रिया

Bikash Rai १२ माघ २०८०, शुक्रबार

Taja news ले खुसी लाग्यो

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार