मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

कोशी प्रदेश :
संखुवासभाको राजेन्द्र कार्की कोशी प्रदेशमा सामाजिक विकास मन्त्री नियुक्त

Sankhuwasabhapress 612+ समाचार ( )
२७ माघ २०८०, शनिबार

संखुवासभा । मुख्यमन्त्री केदार कार्की सरकारले कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार गरेका छन् । शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका छन् ।

जसमा संखुवासभा निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचीत राजेन्द्र कार्की सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । माओबादी केन्द्रबाट मन्त्री नियुक्त भएका कार्की यसअगाडी कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारमा विना विभागीय मन्त्री नियुक्त भएका थिए तर काम गर्न नपाई सरकार ढलेको थियो । 

नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाएका छन् । सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रबाट संखुवासभाका राजेन्द्र कार्कीका साथै नारायण मगर मन्त्री बनेका छन् । मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्  । 

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भएका छन् । उनीहरु दुवै कांग्रेसका हुन् । 

वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् ।

६ जना थपिएपछि कोशीको मन्त्रीपरिषद् संख्या १० पुगेको छ । ४ महिना पछि मन्त्रीपरिषद बिस्तार भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार