मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

मकालु गाउँपालिका–४
पूर्वविद्यार्थीद्धारा मकालु बैदे र सिरुटारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Sankhuwasabhapress 618+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

संखुवासभा । जिल्लाको मकालु गाउँपालिका–४ स्थित बैदे र सिरुटारका दुई वटा विद्यालयमा पूर्वविद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् ।

शुक्रबार एक कार्यक्रम बीच मकालु गाउँपालिका–४ साविक पावाखोला गाबिस वाड नम्बर ८ बैदेमा रहेको जनविकास आधारभुत विद्यालय र सिरुटारमा रहेको त्रिवेणी बालविकास केन्द्रमा अध्ययनरत विद्यार्थी भाइबहिनीहरुलाई चिसोको समयमा न्यानो कपडा र जुत्ता वितरण गरेको पूर्वविद्यार्थी बसन्तमेघी गुरुङले बताए । चिसो मौसम शुरु भएपछि कतिपय विपन्न बालबालिकाहरुलाई सहजता होस भनेर न्यानो कपडा र जुत्ता वितरण गरिएको गुरुङले बताए ।

ति दुवै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीहरुले आफ्नो गाउँठाउँको विद्यालयलाई केही सहयोग गर्नुपर्छ भनेर विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई कपडा र जुत्ता उपलब्ध गराएको हो । जसको नेतृत्व भविन गुरुङ र बसन्तमेघी गुरुङले गरेका थिए ।

पूर्वविद्यार्थीहरु १२ जनाले ५८ हजार ७८८ रुपैया संकलन गरि सामग्री खरिद गरेर गाउँमा लगेर वितरण गरेको हो । सहयोगी पूर्वविद्यार्थीहरु लालकाजी गुरुङ १० हजार, मनिषा गुरुङ ६ हजार ३७८, सकिला गुरुङ ५ हजार, अनिल गुरुङ २ हजार, देउमान र मस्ती गुरुङ ५ हजार ५ सय, शोभा गुरुङ ५ हजार, मुना गुरुङ ५ हजार, कमानसिं गुरुङ ४ हजार, डम्बरमेघी गुरुङ ५ हजार, अप्सरा र सुस्मा गुरुङ ५ हजार ४ सय, प्रविन गुरुङ ३ हजार ५ सय र तारामान गुरुङ २ हजार रुपैया संकलन भएको बसन्तमेघी गुरुङले बताए । गाउँको विद्यालयमा सहयोग गर्न पूर्वविद्यार्थीहरु जुटेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार