मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

उद्धार
संखुवासभाबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

Sankhuwasabhapress 612+ समाचार ( )
१३ मंगशिर २०८०, बुधवार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गर्भवती महिलाको पेटभित्रै बच्चा मृत भेटिएपछि मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । मंगलबार बिहान ९ बजे जिल्ला अस्पताल संखुवासभामा भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

गर्भवती सार्कीलाई मंगलबार दिउँसो थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूतिगृह काठमाडौँ पठाइएको जिल्ला अस्पताल संखुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए । सार्कीको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धारमार्फत काठमाडौँ पठाइएको हो । 

गर्भवती सार्कीको अत्यधिक रक्तस्राव र ब्लड प्रसेर समेत उच्च देखिएको मेडिकल अधिकृत श्रीवालले बताए । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ । संखुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हालसम्म एक दर्जनभन्दा बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार