मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

फुटबल :
गोधुली कपको उपाधी अलस्टार धरानले जित्यो

Sankhuwasabhapress 612+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

संखुवासभा । १८ औं गोधुली कपको उपाधी अलस्टार क्लब धरानले हात पारेको छ । उदघाटन समारोहमा प्रमुख अथिती कोशी फुटबल संघका अध्यक्ष किशोर राईको उपस्थितिमा उदघाटन भएको थियो । साथै बिशिस्ट अथितीमा पुर्वराष्ट्रिय खेलाडी सागर घिमिरे र बिकास श्रेष्ठको उपस्थिति रहेको थियो ।

२०८१ सालको १८ औं गोधुली कप प्रतियोगितामा जम्मा ८ टिमको सहभागीता रहेको थियो ।  उक्त फाइनल खेलमा अलस्टार फुटबल क्लब धरानले शान्ति युवा क्लब धर्मदेवी १ लाई ४ को विरुद्ध ५ गोल गर्दै बिजेता बनेको हो ।

उक्त खेलमा बिजेता टिमले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो भने उपबिजेताले नगद ५० हजार, ट्रफी एवं प्रमाणपत्रमा चित्त बुझाएका थिए । 

ब्यक्तिगत विधा तर्फ उत्कृष्ट गोलरक्षक अलस्टार धरानका सनम राई, सर्वाधिक गोलकर्ता शान्ती युवाका संजय धिमाल, सर्वउत्कृष्ट डिफेन्डर अल स्टार धरानका नगेन राई, सर्वउत्कृष्ट खेलाडी अल स्टारकाकृष्ण राई  भएका थिए । उनीहरुले प्रत्येक विधानुसार २००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका थिए ।

प्रतियोगिता देखि धर्मदेवी नगरपालिका वडा नम्बर २ तामाफोक रहेको खेलमैदानमा संचालन भएको थियो । फुटबल प्रतियोगिता सम्पन्न भएसङ्गै शनिवार साँझ राष्टिीय लोकगायिका सुनिता थेगिमको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम भएको मिर्मिरे युवा क्लबका अध्यक्ष प्रेम जिमिले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार