मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

निजामती सेवा दिवस :
निजामती सेवा दिवसको अवसरमा फुटसल प्रतियोगितामा कर्मचारी युनियन प्रथम

Sankhuwasabhapress 613+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

संखुवासभा । निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित अन्तर ट्रेड युनियन फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

विहीबार र शुक्रबार दुई दिन खाँदबारीस्थित फुटसलमा आयोजित अन्तर ट्रेड युनियन फुटसल प्रतियोगितामा नेपाल निजामती कर्मचारी युनियन प्रथम भएको छ भने प्रतियोगितामा नेपाल राष्ट्रिय कर्मचारी संगठन द्धितिय भए भने कर्मचारी मिलन केन्द्र तृतीय भएको नेपाल कर्मचारी युनियन संखुवासभाका अध्यक्ष जुनकुमार राईले बताए । 

प्रतियोगिताका विजेताले नगद १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने द्धितियले नगद ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरि तृतीयले नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिता कर्मचारी मिलन केन्द्र र संयुक्त टे«ड युनियन संखुवासभा (नेपाल कर्मचारी युनियन, नेपाल कर्मचारी संगठन र नेपाल राष्ट्र्रिय कर्मचारी संगठन निजामति) ले आयोजना गरेको हो । 

‘ब्याबसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नारा सहित विहीबार देखि विविध सप्ताहब्यापी कार्यक्रम खाँदबारीमा शुरु भएको हो । उक्त सप्ताहब्यापी कार्यक्रम अन्तर्गत विहिबार बिहान खाँदबारी नगरपालिका गेटदेखि लबिङ हिलसम्म करिव २ किलोमिटर सडक सरसफाई गरिएको थियो । उक्त सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित विभिन्न सरकारी कार्यालयका प्रमुख र कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । त्यसैगरि अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

उक्त सप्ताहव्यापी कार्यक्रमको समापन २२ गते आइतबार प्रभात फेरीसहित हुने भएको छ । सोही दिन विभित्र खेलकुद तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली र व्यक्तिहरूलाई पुरस्कार वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार