मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |
मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

किमाथांका नाका :
नेपाल–चीन व्यापार महोत्सव गर्ने बारेमा सरोकारवालासँग अन्तक्रिया (भिडियो सहित)

Sankhuwasabhapress 612+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

संखुवासभा । संखुवासभाको उत्तरी सिमानाका किमाथांकामा नेपाल–चीन व्यापार महोत्सव गर्ने बारेमा सरोकारवालासँग अन्तक्रिया  कार्यक्रम गरिएको छ । 

मंगलबार सदरमुकाम खाँदबारीमा जिल्लाका सरोकारवालाहरूसँग अन्तक्रिया  कार्यक्रम गरिएको हो । खाँदबारी सेवा समाज र संखुवासभा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल–चीन व्यापार महोत्सवको तयारीका लागि अन्तक्रिया कार्यक्रम गरिएको खाँदबारी सेवा समाजका केन्द्रीय उपाध्यक्ष जीवनाथ पोखरेलले बताए । किमाथांका नाकाबाट नेपाल र चीन बीच खुल्ला ब्यापार आदानप्रदान गर्न ब्यापार महोत्सव गर्ने तयारीमा जुटेको उपाध्यक्ष पोखरेलले बताए ।

‘नेपालमा उत्पादन हुने विभिन्न जडिबुटी, खाद्यबस्तु, मासुजन्यबस्तु, भाँडाकुडा र हस्तकलाका सामानहरु चीन सम्म खुल्ला निर्यात गर्न पाए नेपालले धेरै लाभ लिन सक्छ । यसले संखुवासभाका साथै कोशी प्रदेश मात्रै नभएर सिंगो नेपालले धेरै फाइदा लिन सक्ने भएकाले किमाथांका नाकालाई खुल्ला र सहज बनाउन सरकार समक्ष पटक–पटक कुराकानी भइरहेको छ । ब्यापार महोत्सवमा धेरै चिनियाँहरुलाई किमाथांका खुल्ला आउन सक्ने वातावरण बनाउन लागि रहेका छौं ।’-पोखरेलले भने । 

आगामी मंसिर देखि ढिलोमा पुस सम्म किमाथांकामा नेपाल–चीन ब्यापार महोत्सव गर्ने तयारीमा जुटेको पोखरेलको भनाइ छ । उक्त ब्यापार महोत्सव कार्यक्रममा नेपाल र चीनका उच्च तहका पदाधिकारीहरूको सहभागीता रहने बताइएको छ ।

किमाथांका नाकालाई खुल्ला र ब्यबस्थित रूपमा आवातजावात गर्नका लागि के गर्न सकिन्छ भनेर सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । किमाथांका नाकालाई ब्यबस्थित गरि खुल्ला आवातजावात बनाउनुपर्ने, त्यसो गरियो भने नेपालको अर्थतन्त्रमा टेवा पुग्ने उद्वेश्यले नाका खुल्ला गर्नका लागि परेको संखुवासभा उद्योग वाणिज्य संघ संखुवासभाका अध्यक्ष डेगराज बस्नेतले बताए ।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेलले नाकालाई ब्यबस्थित गर्न दुवै देशका सरकार प्रमुखले चाहेमा संम्भव हुने बताए । त्यसैगरि खाँदबारी देखि किमाथांका सम्म सडकको अवस्थाको बारेमा उत्तरदक्षिण कोसी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङले सडकको अवस्थाको बारेमा जानकारी दिदैं हिउँदमा महोत्सव गर्दा आवातजावात गर्न सकिने बताए । 

भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फूर्पु भोटेले किमाथांका ब्यापार महोत्सव गर्न गाउँपालिकाले केही बजेट समेत बिनियोजन गरेकाले संघ र प्रदेश सरकारले समेत बजेट ब्यबस्थापन गरि भोटखोला गाउँपालिका, संखुवासभा उद्योग वाणिज्य संघ र जिल्ला समन्वय समितिले संयुक्त रुपमा आयोजना गर्नुपर्ने धारणा राखेका थिए । ब्यापार महोत्सव गर्न तिब्बतको घाङरी उद्योग वाणिज्य संघ समेत सकारात्मक रहेको भोटेको भनाइ थियो । 

खाँदबारी सेवा समाजको पहलमा गत चैत महिनामा चिनियाँ राजदुतावासका कन्सुलरको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । नेपाली खाद्यबस्तुहरू, मासुजन्यबस्तु, भाँडाकुँडा र जडिबुटी लगायत चिजहरू चिन तर्फ निर्यात हुने गरेको छ । सोही चिजहरूलाई ब्यबस्थित ढंगले नाकाबाट खुल्ला रूपमा किनबेच गरि आम्दानी बढाउनु पर्ने उद्वेश्य रहेको बताइएको छ ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले किमाथांका नाका खुल्ला गर्न सके आम्दानी बढाउन सकिने धारणा राखे । उनले दुवै देश सरकार प्रमुखहरुले नाकालाई खुल्ला गर्न पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल, सुरक्षा निकाय प्रमुखहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको उपस्थिति रहेको थियो । प्रभावित क्षेत्र भोटखोला गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुको साथै सडक, भन्सार, घरेलु, वन डिभिजन, भेटरिनरी पशुसेवा र  उद्योगी, व्यापारी र सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरूहरूको उपस्थिति रहेको थियो । 

भिडियो Link : https://www.youtube.com/watch?v=pvsc5aCa0wU



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार