मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

खाँदबारी नगरपालिका–४
खाँदबारी–४ अरुणथानमा लोपोन्मुख हाक्पारे गीत प्रतियोगिता

Sankhuwasabhapress 612+ समाचार ( )
७ माघ २०८०, आइतबार

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित अरुणथानमा माघेसंक्रान्तीको अवसरमा बर्सेनि लाग्दै आएको गोल्फेबजारमा हाक्पारे (ठाडो भाका) गीत प्रतियोगिताको आयोजना गरिएको छ । 

स्थानीय समाजसेवी भगीवन्त राईको छोरा जरवर राई (गाउँमा बोलाउने नाम गोल्फे) को संम्झानामा वि.सं. १०९६ साल देखि अरुणथान डाँडामा बजार लगाउन थालिएको गोल्फेका पनाति वीरेश राईले बताए । अहिले गोल्फेबजार ब्यबस्थापन समितिका अध्यक्ष समेत उनै वीरेश राई रहेका छन् ।यसबर्ष पनि माघेसंक्रान्तिको अवसरमा ८५ओैँ गोल्फेबजार धुमधामका साथ मनाइएको छ ।

यसबर्ष बजारमा लोपोन्मुख अवस्थामा रहेको हाक्पारे गीत प्रतियोगिता र महिलाहरुको लागि म्यूजिकल चेयर प्रतियोगिताको आयोजना गरिएको थियो । हाक्पारे गीत प्रतियोगितामा स्थानीय कमला राई प्रथम, धनकुमारी राई द्धितिय र कर्णबहादुर राई तृतीय हुन सफल भए । त्यसैगरि महिलाहरुको लागि म्यूजिकल चेयर प्रतियोगितामा संगिता तामाङ प्रथम, सानु राई द्धितिय र बबिता गुरुङले तृतीय स्थान हासिल गरिन् । 

हाक्पारे गीतका विजेताहरुले प्रथम पुरस्कार नगद २ हजार रुपैया, द्धितिय पुरस्कार नगद १ हजार ५ सय रुपैया र तृतिय पुरस्कार नगद १ हजार प्राप्त गरे । त्यसैगरि महिलाहरुलाई म्यूजिकल चियर प्रतियोगिताका प्रथम हुने नगद १ हजार रुपैया, द्धितिय नगद ७ सय रुपैया र तृतिय पुरस्कार नगद ५ सय रुपैया प्राप्त गरेको कार्यक्रम संचालक सूर्यनारायण श्रेष्ठले जानकारी दिए । 

हाक्पारे गीतलाई स्थानीय भाषामा ठाडो भाका समेत भनिन्छ । विगतमा गाउँघरमा हुने मेला र वनजंगल जाँदा, गोठालो जाँदा अत्यधिक मात्रामा महिला तथा पुरुषहरुले ठाडो भाका गाउने चलन थियो । तर, पछिल्लो समय ठाडो भाका गीत हराउदैं गएको छ । यो ठाडो भाका महिला तथा पुरुषले एकल रुपमा गाउने गर्दछन् । 

कार्यक्रमका प्रमुख अतिथी खाँदबारी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विनोदसुब्बा गुरुङले हराउर्दै गएको मौलिक ठाडो भाकाको संरक्षण गर्न पनि कार्यक्रमको आयोजना गरिएको बताए । उनले स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न ४ नम्बर वडासमिति लागिपरि रहेको बताए । 

गोल्फेबजार ब्यबस्थापन समितिका अध्यक्ष वीरेश राईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी खाँदबारी ४ का वडाध्यक्ष विनोदसुब्बा गुरुङ रहेका थिए भने बिशिष्ट अतिथी समाजसेवी केदार राई, अतिथीहरु तमू ह्युल छोजधीं संखुवासभाका अध्यक्ष मित्रकुमार गुरुङ, खाँदबारी नगरपालिका कार्यपालिका सदस्य पवित्रा गुरुङ, पूर्ववडाध्यक्ष सजित राई, वडासदस्य कुलबहादुर राई लगायतको उपस्थिती रहेको थियो । भने कार्यक्रममा स्वागत मन्तब्य सुमन राई लोहरुङले राखेका थिए । कार्यक्रम सूर्यनारायण श्रेष्ठले संचालन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार