मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

रगतदान :
तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न, १०९ जनाले रक्तदान गरे

Sankhuwasabhapress 612+ समाचार ( )
२३ वैशाख २०८१, आइतबार

कुबेत । “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। 

माजद्वारा आयोजित उक्त पवित्र कार्यमा कुवेतवासी नेपालीहरुको उल्लेख्यनिय सहभागिता रहेको थियो। भने १०९ जना स्वयंसेवी रक्तदाता हरुले रक्तदान गरेका थिए ।

तमू समाज,कुवेतका अध्यक्ष राजु गुरुङको अध्यक्ष्यतामा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि एनआरएन कुवेतका अध्यक्ष रणध्वज लामा,सेन्ट्रल ब्लड बैंक कुवेतकी प्रतिनिधि डा.समर अतिथिहरुमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,कार्यक्रममा नेपाली दुतावास परिवार कुबेतका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु,पत्रकारहरु तथा स्वंयम सेवी रक्तदाता हरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

अपरान्ह दुई बजेदेखि शुरु भएको उक्त कार्यक्रम लाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथी, बिशेष अतिथीहरु द्वारा संयुक्त रुपमा रिबन काटेर समुद्घाटन गरेका थिए।कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूतले रक्तदानको महत्वलाई प्रस्ट पार्दै यस मानिवय कार्यमा सङ्लग्न सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिदै यस्तो पवित्र कार्य आयोजना गरेकोमा आयोजक तमू समाज, कुवेतको खुलेर प्रसंशा गर्नु भएको थियो। शुभकामना मन्तब्यकै क्रममा ब्लड बैंकका प्रतिनिधि डा.समर, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, कुवेत अध्यक्ष रणध्वज लामा,नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल, एनआरएन कुवेतका वरिष्ठ उपाध्यक्ष दिलकुमार पाख्रीनले शुभकामना मन्तव्य दिएका थिए।

समाजका बरीष्ठ सल्लाहकार, कार्यक्रम संयोजक (प गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रम लाई सम्बोधन गर्दै समाजका अध्यक्ष राजु गुरुङले जीबन र मृत्‍युसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान कार्यमा नेपालीहरु माझ सचेतना जगाउदै यस्ता मानविय कार्यमा उप्रेरणा जगाउन तमू समाज हरदम लागि परेको प्रस्ट्याउदै उक्त आठौ वृहत रक्तदान कार्यमा सहयोग गर्नुहुने नेपाली राजदुताबास,नेपाली सँघ–संस्था,एवं पत्रकार लगायत सम्पूर्ण रक्तदाता  सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार