मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

मकालु गाउँपालिका :
मकालु महोत्सव शुरु, शनिबार सम्म ४ दिन चल्ने

Sankhuwasabhapress 612+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

संखुवासभा । जिल्लाको उत्तरीभेगमा रहेको मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा मकालु महोत्सव शुरु भएको छ । 

बुधबार एक भब्य कार्यक्रम बीच भाषा आयोगका सदस्य डा. पुस्करदेब भट्ट, कोशी प्रदेशका पूर्वमन्त्री तथा संखुवासभाका सांसद राजेन्द कार्की र मकालुुका अध्यक्ष ओङदीछिरिङ शेर्पाले पानसमा बत्ती बालेर महोत्सवको महोत्सवको औपचारिक रुपमा उद्घाटन गरेका थिए । 

मकालुु हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा मकालु गाउँपालिकाले बुधबारबाट मकालुु महोत्सव आयोजना गरेको हो । महोत्सव १७ गते शनिबार सम्म ४ दिन संचालन हुनेछ । उक्त महोत्सवमा विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिएको छ भने प्रत्येक वडाले कृषि उत्पादनका स्टलहरु राखेका छन् । झाँकीले नुमको विभिन्न स्थानको परिक्रमा गर्दै कार्यक्रम स्थलमा पुगेको थियो । 

विश्वको पाँचौ अग्लो हिमाल मकालुु ८ हजार ४ सय ६३ मिटर उचाइमा छ । मकालुु हिमालको शिखरमा मानव पाइला टेकेको ७० वर्ष पूरा भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । सन् १९५५ को मे १५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १०५५’ नामक आरोहण दलबाट जिन कोजी र लियोनर टेरी पहिलो पटक मकालुुको शिखरमा पुगेको उनले बताए । मकालु हिमालकै नाममा गाउँपालिकाको समेत समेत राखिएको हो । सर्वोच्च शिखर सगरमाथामा चुमेको ठिक दुई वर्षपछि मकालुु हिमालको आरोहण सफल भएको उनले बताए । 

मकालुु महोत्सवको अवसरमा दक्षिण एसियाली साहित्यिक साँस्कृतिक सम्मेलन समेत आयोजना भएको थियो । उक्त साहित्यिक सम्मेलनमा भारत आसाम लगायतका विभिन्न क्षेत्रका साहित्यकार तथा कविहरुले आआफ्नो रचना प्रस्तुत गरेका थिए भने गायक गायिका तथा कलाकारहरु आआफनो गीत संगित प्रस्तुत गरेको दक्षिण एसियाली साहित्यिक साँस्कृतिक समितिका अध्यक्ष तथा मकालु साहित्य समाजका अध्यक्ष ताराबहादुर बढाथोकीले बताए । उनले साहित्य मार्फत मकालुको विभिन्न क्षेत्रको उजागार गर्न योगदान पुग्ने बताए ।  

आन्तरिक तथा बाह्य पर्यटनको बृद्धिको लागि महोत्सवको आयोजना गरिएको मकालु गाउँपालिकाको भनाइ छ । गतबर्ष महोत्सव आयोजना गरेपछि राजश्व संकलनमा बृद्धि भएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । उनले अघिल्लो आर्थिक वर्षहरुमा १ करोड राजश्व संकलन हुन मुस्किल थियो तर मकालु महोत्सवकै प्रभावले गत आर्थिक वर्षमा करिब १ करोड ८० लाख रुपैंया राजश्व संकलन भएको बताए ।

महोत्सवका अवसरमा आज (विहिबार) देखि भलिबल प्रतियोगिता शुरु भएको छ । ४ दिनसम्म बजार लाग्नेछ भने संखुवासभाका साथै विभिन्न क्षेत्रका मानिसहरु मकालु पुगेका छन् । महोत्सवले आर्थिक चहलपहलमा समेत बृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार