मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

खाँदबारी नगरपालिका -४
खाँदबारीको वडामै विद्युत्त महसुल तिर्ने सुविधा

Sankhuwasabhapress 612+ समाचार ( )
२ असार २०८२, सोमबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका ४ नम्वर वडा कार्यालयमा नै विद्युत्तको महसुल तिर्न शुरु गरिएको छ ।

आइतबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिका ४ नम्बर वडा कार्यालय अरुणथानमा विद्युत्त महसुल तिर्ने काउन्टरको खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया र विद्युत्त प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शत्रुधन यादवले उद्घाटन गरे । 

खाँदबारी नगरपालिकाका नगर प्रमुख थपलियाले आफूले निर्वाचन ताका नै वडास्तरमा नै विद्युत्तको महसुल तिर्ने सुविधा उपलब्ध गराउने प्रतिबद्धता अनुसार नै काम शुरु गरेको बताए । उनले यसअघि नै खाँदबारी नगरपालिकाभित्रका दुर्गम वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने काम समेत शुरु भईसकेको बताए । 

एकिकृत रुपमा वडास्तरमा नै विद्युत्त, खानेपानी र सामाजिक सुरक्षा भत्ता वितरण लगायतका सुविधाहरु उपलब्ध गराइएको नगर प्रमुख थपलियाको भनाइ छ । 

खाँदबारी ४ नम्बर वडाका वडाध्यक्ष विनोदकुमार गुरुङले वडास्तरमा नै विद्युत्तको महसुल तिर्ने सुविधा उपलब्ध भएपछि वडाबासीहरुले सुविधा पाएको बताए । सदरमुकाम खाँदबारीसम्म पुगेर ३० रुपैयाको विजुलीको विल तिर्न पाँच सय रुपैया खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको वडाध्यक्ष गुरुङले बताए । 

खाँदबारी ४ नम्बर वडामा पहिलो सेवाग्राहीको रुपमा धनबहादुर विश्वकर्माले विद्युत्तको महसुल बुझाएका थिए । एकैदिन ४४ जनाबाट ११ हजार ७ सय ४५ रुपैया संकलन भएको थियो ।

विद्युत्त प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख शत्रुधन यादवले स्थानीयको मागअनुसार वडास्तरमा नै विद्युत्तको महसुल संकलन गर्न काउन्टर स्थापना गरिएको बताए । उनले ४ नम्बर वडामा हप्ताको दुई दिन आइतबार र सोमबार महसुल संकलन गर्न कर्मचारी पठाइने बताए ।

खाँदबारी नगरपालिकाभित्रका दुर्गम वडाहरु ४ नम्बरका साथै १० र ११ नम्बर वडामा समेत चाँडै विद्युत्तको महसुल संकलन गर्ने काउन्टर स्थापना हुने जनाएको छ । वडास्तरमा नै महसुल संकलन गर्ने काउन्टर स्थापना भएपछि स्थानीयहरुको समय र रकम दुवैको बचत भएको छ । खाँदबारी नगरपालिकाभित्र ११ नम्बर वडाहरु रहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार