मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

एचपीभी खोप :
संखुवासभामा नौ हजार ३५ जना किशोरीलाई एचपीभी खोप लगाइने

Sankhuwasabhapress 613+ समाचार ( )
२६ माघ २०८१, शनिबार

संखुवासभा  । संखुवासभा जिल्लामा नौ हजार ३५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

मंगलबार खाँदबारीमा स्वास्थ्य कार्यालय संखुवासभाले जिल्ला खोप समन्वय समिति, नागरिक समाज र संचारकर्मी लगायतका सरोकारवालालाई भेला गराएर राष्ट्रिय अभियानको रुपमा संचालन भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपबारेमा जानकारी दिएको हो । 

कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले खोप अभियानबाट कोही पनि बञ्चित नहुने गरि अभियानलाई सफल बनाउनुपर्ने बताए । त्यसैगरि जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा. सन्तोष देवले किशोरीहरुले लगाउनै पर्ने खोप भएकाले अभियान प्रभावकारी बनाउन सबैले भूमिका खेल्नुपर्ने बताए  

जिल्लाका दश वटा स्थानीय तहमध्ये दुर्गम भोटखोला गाउँपालिका बाहेक नौ वटा स्थानीय तहका माघ २७ देखि फागुन २ गते सम्म खोप अभियान संचालन हुन लागेको स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख नारदमुनी सुवेदीले बताए । उनको अनुसार, भोटखोला गाउँपालिकामा फागुन १८ देखि २० सम्म संचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख सुवेदीको भनाइ छ । 

जिल्लाको उत्तरी भेगमा रहेको विकट र दुर्गम भोटखोला गाउँपालिका हो । उक्त गाउँपालिका भित्रका अधिकांश विद्यालय जाडोका कारण बन्द भएकाले खोप अभियान पछाडी सारिएका स्वास्थ्य कार्यालय संखुवासभाको भनाइ छ । विकट र भौगोलिक अवस्थाले केहीदिन खोप अभियान सार्नु परेको बताइएको छ । खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरण सहित तीव्र तयारीमा जुटेको स्वास्थ्य कार्यालयको भनाइ छ ।

जिल्लाका नौ वटा स्थानीय तहमा खोप अभियान एकै साथ शुरु हुनेछ । भ्याक्सीन वाहेक सम्पूर्ण सामाग्री स्थानीय तहमा पठाइ सकिएको स्वास्थ्य कार्यालय संखुवासभाका सुचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले बताए । संखुवासभामा कक्षा ६ देखि १० सम्मका ७ हजार छ सय ६२ विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १ हजार ३ सय ७३ किशोरी रहेको श्रेष्ठले जानकारी दिए ।

संखुवासभामा १ सय ४४ विद्यालयका २ सय ७६ खोपकेन्द्र रहेका छन् । देशभरी नै राष्ट्रिय अभियान अन्तर्गत एचपिभि खोप माघ २२ देखि फागुन ७ गतेसम्म १५ दिन संचालन भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार