मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

धान्यपूर्णिमाको अवसरमा खाँदबारीमा पांमा कप हुने

Sankhuwasabhapress 618+ समाचार ( )
२ पौष २०८०, सोमबार

संखुवासभा । ‘स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतहरूको महान पर्व उधौली तथा धान्यपूर्णिमाको अवसरमा खाँदबारी नगरपालिका– ४ पांमास्थित भगीवन्त रंगशालामा सातौँ पांमा कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

आयोजक लोहोरुङ क्लवले खाँदबारीमा पत्रकार सम्मेलन गर्दै सातौँ पांमा कप आमन्त्रित फुटबल प्रतियोगिताको जानकारी दिएको हो।

फुटबलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले फुटबल प्रतियोगितालाई विगतमा जस्तै निरन्तरता दिइएको लोहोरुङ क्लबका महासचिव छत्रमणि काफ्लेले बताए। किराँतहरूको बाहुल्यता रहेको पांमाको परिचय र प्रचारप्रसारका लागि प्रतियोगिता गरिएको उनको भनाइ छ।

प्रतियोगिता आगामी पुस ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक ध्यानसिंह राईले जानकारी दिए। उनका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका १२ क्लबको सहभागिता रहनेछ।

पुस ११ गते फाइनलको दिन मंसिरे ढाडे बजारसमेत लाग्ने भएकाले किराँतहरूको सांस्कृतिक कार्यक्रम साकेला नृत्यलगायतका प्रस्तुतिहरू रहने बताइएको छ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार र उपविजेताले ८१ हजार रुपैयाँ तथा सेमिफाइनल पुग्ने २ टिमले २५र२५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार