मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

भोटखोला –४ गोला बजार
दुर्गम भोटखोलामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

Sankhuwasabhapress 612+ समाचार ( )
२६ असार २०८२, बिहीबार

संखुवासभा ।  जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ ।

जिल्लामा आयुर्वेद स्वास्थ्यको पहुँच विस्तार गर्ने योजना तथा नसर्ने रोगको नियन्त्रण रोकथामका लागि भोटखोला गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । भोटखोला –४ गोला बजारमा केन्द्र स्थापना गरिएको छ ।

नसर्ने रोगको नियन्त्रण, रोकथाम तथा उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ केन्द्रको स्थापना गरिएको जिल्ला आयुर्वेद कार्यालय संखुवासभाका प्रमुख अनिलकुमार यादवले बताए । 

आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको उक्त केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानलगायत बारेमा सेवा प्रवाह गरिने उनको भनाइ छ ।

केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, औषधि वितरण लगायतका सेवा उपलब्ध गराइने छ । जिल्लाका १० पालिकामध्ये ५ पालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भइसकेको छ ।

आयुर्वेद औषधालय नभएका ठाउँमा सरकारको लक्ष्य अनुसार गाउँमा सेवा विस्तार गर्न थालिएको हो । नागरिक आरोग्य केन्द्रले नसर्ने रोगको नियन्त्रण रोकथाम तथा उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै रोग नियन्त्रणजस्ता सेवा प्रवाह गर्नेछ ।

केन्द्रको स्थापनासँगै आयुर्वेद उपचार पद्धतिमा नागरिकको पहुँच वृद्धि हुने अपेक्षा गरिएको छ भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताए ।

पछिल्लो समय आयुर्वेद उपचार पद्वतिको मानिसहरूले मन पराउन थालेको भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले बताए ।

सेवा केन्द्रको एक कार्यक्रम बीच जिल्ला समन्य समितिका प्रमुख सुमन शाक्यले उदघाटन गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै