मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

आठौं संस्करण अरुणभ्याली
आठौं अरुणभ्याली फुटबलको उपाधी पञ्चकन्याले जित्यो

Sankhuwasabhapress 598+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा जारी आठौं अरुणभ्याली फुटबल प्रतियोगिताको उपाधी पञ्चकन्या क्लबले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा २ को विरुद्ध ३ गोल गर्दै पञ्चकन्या क्लबले उपाधी जितेको हो । खेलको शुरुमा नै तीनपोखरी क्लबका १० नम्बरका विदेशी खेलाडी फेजालले गोल गरी अग्रता दिलाएका थिए । तर, त्यसको केही समयपछि पञ्चकन्याका ११ नम्बरका खेलाडी सुशील राईले गोल फर्काएका थिए । हाफटायम सम्म बराबर खेलका दुवै टिमले हाफटायम पछि पञ्चकन्याका ९ नम्बरका खेलाडी निरज परियारले १ गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसको लगत्तै पुनः अर्को गोल पञ्चकन्याका ६ नम्बरका खेलाडी विवेक राईले थपेका थिए । अन्तिम चरणमा तीनपोखरीका ३ नम्बरका खेलाडी बसन्त राईले १ गोल फर्काएपनि उपाधी भने जित्न सकेनन् । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी पञ्चकन्याका निरज परियार घोषित भए भने उत्कृष्ट खेलाडी तीनपोखरीका बसन्त राई छानिए । त्यसैगरि उत्कृष्ट गोलरक्षक पञ्चकन्याका राजेश खड्का छानिए । उनीहरुले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । 

प्रतियोगिताको विजेताले नगद २ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई एक समारोह बीच कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

प्रदेश साँसद कार्कीले समापन समारोहलाई सम्बोधन गर्दै एडभान्स क्बललाई धन्यवाद दिर्दै प्रदेश सरकारले समेत क्लबलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 

सोमबार देखि शुरु भएको आज शुक्रबार समापन भएको हो । प्रतियोगितामा जिल्लाभित्र र बाहिरका १२ टिमको सहभागीता रहेको आयोजक एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । ०६४ सालमा स्थापना भएको क्लबले बर्सेनि दशैं र तिहारको बीचमा प्रतियोगिता संचालन गर्दै आएको छ ।

समापन समारोहमा मेरो भ्वाइस यूनिभर्सका फाइनलिष्ट परेश राईले समेत गीत प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा क्लबका पूर्वअध्यक्ष ईश्वर घिमिरेलाई अभिनन्दन र क्लबका सल्लाहकार नेपाल सरकार उपसचिव प्रकाश अधिकारीलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार