संखुवासभा । खाँदबारी नगरपालिकाको सहयोगमा नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान संखुवासभाद्धारा ३ महिने कम्प्युटर तालिम सुरु भएको छ ।
शुक्रबार तीन महिने तालिमको खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलिया र उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।
उक्त प्रतिष्ठानले नगर क्षेत्रका विपन्न,दलित र जनजातिलाई खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा तीन महिने कम्प्युटर तालिम सुरु भएको हो।
कम्प्युटर तालिममा नगर क्षेत्र भित्रका २४ जना विपन्न,दलित र जनजातिको सहभागिता रहेको नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान संखुवासभा शाखाका अध्यक्ष भविन्द्र अधिकारीले जानकारी दिए । नगर क्षेत्रका विद्यालयबाट छनौट भएर आएका विपन्न,दलित र जनजातिलाई निशुल्क तीन महिने तालिम दिइएको अध्यक्ष अधिकारी बताए ।
कम्प्युटर तालिम उद्घाटन कार्यक्रमा खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की, प्रशासकीय अधिकृत दिनेश कट्टेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठान संखुवासभा शाखाको सचिव दिब्यराज बरालले गरेको थिए । तालिमको नियमित अनुगमन नगरपालिका गर्न बताइएको छ ।