मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

रास्वपा :
बालेन आज दलको नेता, भोलि प्रधानमन्त्री

Sankhuwasabhapress 598+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

काठमाडौं । नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको रास्वपा आज बालेनलाई दलको नेता चयन गर्दै शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गराउने गृहकार्यमा, मन्त्रालय संख्या अधिकतम १५ बनाएर विज्ञता र कार्यक्षमताका आधारमा मन्त्री चयनको तयारी

रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई बिहीबार संसदीय दलको नेता चयन गर्ने र शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी थालेको छ । 

प्रतिनिधिसभामा १८२ सिटसहित झन्डै दुईतिहाइ प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ । अन्य सदस्यले जस्तै बालेनले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचन लडेको थियो । 

केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको छ । त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाउने तयारी छ । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ ९१० अनुसार बहुमत प्राप्त दलका नेतालाई शुक्रबार बिहानसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । 

महामन्त्री कवीन्द्र बुर्लाकोटीले आजै दलको नेता र मन्त्रीहरूको टुंगो लाग्ने बताए । मन्त्री चयन भने विज्ञता र कार्यक्षमताका आधारमा गरिने रास्वपाले जनाएको छ । 

यस्तो छ सांसदहरूको शपथ तयारी :

२१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथ गराइने कार्यसूची छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अन्य २७४ सदस्यलाई शपथ गराउनेछन् । ४७ सांसदले आफ्नो मातृभाषामा शपथ लिँदै छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार