मुख्य समाचार
शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न |

#न्यायिक समिति
खाँदबारीका न्यायिक समितिद्धारा वडा मेलमिलाप समितिलाई दराज र कुर्सी हस्तान्तरण

Sankhuwasabhapress 614+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

संखुवासभा । खाँदबारी नगरपालिकाका न्यायिक समितिले वडास्तरका मेलमिलाप समितिहरुलाई दराज र कुर्सी हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य र प्रमुख प्रशासकीय अधिकृत दिपकमणि घिमिरेले वडाहरुलाई सामग्री हस्तान्तरण गरिएको थियो । खाँदबारी नगरपालिका भित्र रहेका ११ वटै वडाका वडाध्यक्ष, सचिव र वडाका प्रतिनिधीहरुलाई सामग्री हस्तान्तरण गरिएको थियो । प्रत्येक वडाका मेलमिलाप समितिलाई एक÷एक थान दराज र ५÷५ वटा कुर्सी हस्तान्तरण गरिएको हो । वडास्तरमा मेलमिलापकर्ता सक्रिय भएपनि कार्यालय ब्यबस्थित नहुदाँ कागजपत्रहरु लथालिङ्ग भएको, मेलमिलापकर्ताहरुले बैठक बस्न र प्राप्त भएको उजुरी उपर छलफल गर्न समेत समस्या हुने गरेको जस्ता गुनासोहरु आएपछि मेलमिलापकर्ताहरुको लागि वडामा छुट्टै कार्यालय ब्यबस्थित गर्ने नगरपालिका जुटेको हो । 

खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले नगरस्तरीय न्यायिक समितिले वडास्तरमा मेलमिलापकर्ताहरुको अनुगमन र अभिमुखीकरण कार्यक्रमको आयोजना गरि वडास्तरमा पुग्दा मेलमिलापकर्ताहरुले दराज र कुर्सी लगायतका कार्यालय ब्यबस्थित गर्न माग गरेको र सोही मागको आधारमा मेलमिलाप समितिलाई सक्रिय बनाउन उनीहरुको माग सम्बोधन गर्दै वडा कार्यालय भित्र नै छुट्टै मेलमिलापकर्ताको कार्यालय ब्यबस्थित गर्न लागि परेको बताईन् । उनले वडास्तरमा रहेका मेलमिलापकर्ताहरु निकै सक्रिय रहेको र न्याय सम्पादन गरिरहेको बताईन् । 

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले वडास्तरका मेलमिलापकर्ताहरुलाई काम गर्न सहज होस भनेर न्यायिक सम्पादन गर्नका लागि सामग्री हस्तान्तरण गरिएको बताए । उनले खाँदबारी नगरपालिका भित्रका मेलमिलापकर्ताहरुले जिल्लामा नै उत्कृष्ट काम गरिरहेको बताउर्दै अझै कुशलतापूर्वक काम गरि न्याय सम्पादन गर्न आग्रह गरे । 

खाँदबारी नगरपालिकाका न्यायिक समितिले सक्रियतापूर्वक काम गरिरहेको छ । समितिले मेलमिलापकर्ताहरुलाई अभिमुखीकरण समेत समय समयमा गर्दै आएको छ । नयाँ अपडेट भएका नियमकानून र संविधानका बारेमा मेलमिलापकर्ताहरुलाई न्यायिक समितिका कानुनी सल्लाहकार किरणकुमार शाक्यले जानकारी गराउने गर्दै आएको उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यका स्वकीय सचिव सरोज श्रेष्ठले जानकारी दिएका छन् । 

न्यायिक समितिले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ अनुसार विभिन्न झैझगडा, विवादका मुद्धाहरुको मेलमिलाप र निरुपण गर्दै आएको छ । न्यायिक समितिमा विशेष गरी खेतबारी, पानी र कुलो लगायतको सिमाना विवाद, ज्यालामदुरी, गाली बेइज्जती र लुटपाट लगायतका विभिन्न प्रकृतिका विवाद र मुद्धाहरुको उजुरी आउने गरेको न्यायिक समितिले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार