नेपाली कांग्रेस :
राप्रपा नेपालका केन्द्रीय सदस्य महेशप्रेमी उदाश कांग्रेस प्रवेश

Sankhuwasabhapress 621+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

संखुवासभा ।  कमल थापा नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका केन्द्रीय सदस्य संखुवासभाका महेशप्रेमी उदाश नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आज मंगलबार एक कार्यक्रम बीच औपचारिक रुपमा उदाश नेपाली कांग्रेस प्रवेश गरेका हुन् । उदाशलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, जिल्ला उपसभापति अन्नतकुमार गौली, पार्टी सचिव टकमान घले, निवर्तमान पार्टी सभापति दिपनकुमार श्रेष्ठ, पूर्व पार्टी सचिव तथा महिला संघका अध्यक्ष निरु तामाङ बस्नेत, कोशी प्रदेश सदस्य राजेन्द्र घले, कमला गुरुङ, नेता ज्ञानबहादुर कार्की र शेरबहादुर वन लगायतका नेताहरुले खादा, माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए । 

संखुवासभाको पार्टी कार्यालय खाँदबारीमा कार्यक्रमको आयोजना गरि जिल्लाका पूराना नेता उदाशलाई भब्य रुपमा पार्टी प्रवेश गराएको कांग्रेसका जिल्ला सचिव टकमान घलेले बताए । 

उदाश संखुवासभाको पूरानो चीरपरिचित राजनैतिक ब्यक्तित्व हुन् । उनको घर चैनपुर नगरपालिका–६ चैनपुर बजार हो । लामो समयदेखि राप्रपामा आवद्ध भई राजनीति गरेका उदाश राप्रपा संखुवासभाका जिल्ला अध्यक्ष समेत बनेका थिए । राप्रपा फुटेर कमल थापाले राप्रपा नेपाल बनाएपछि उदाश केन्द्रीय सदस्य बनेका थिए । उदाश तत्कालीन जिल्ला विकास समिति संखुवासभाको एक कार्यकाल उपसभापति समेत बनेका थिए ।   


यसैबीच आजै झापा अर्जुनधारा नगरपालिका– ८ स्थायी घरभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा उपचारको क्रममा निधन भएपछि संखुवासभा कांग्रेसले समेत शोकसभाको आयोजना गरेको छ । कांग्रेसको माघ १३ देखि २६ सम्मको ‘समुदायमा कांग्रेस अभियान’ समेत स्थगित भएको जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार