मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

शेर्पा संघ :
नेपाल शेर्पा संघ संखुवासभाको ५ औं जिल्ला अधिबेसन खाँदबारीमा हुने

Sankhuwasabhapress 598+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

संखुवासभा । नेपाल शेर्पा संघ संखुवासभाको ५ औं जिल्ला अधिबेसन खाँदबारीमा हुने भएको छ । 

बुधबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि यहि माघ २६ गते शुक्रबार जिल्ला अधिबेसनको आयोजना गरिएको जनाएको हो । अधिबेसनको प्रमुख अतिथी नेपाल शेर्पा संघ केन्द्रीय अध्यक्ष तेन्जी शेर्पा आउने भएका छन् ।

बौद्ध धर्मालम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय चाड २१५१औं स्यिङ फो डुक लो ग्याल्पो ल्होसारको अवसरमा ५ औं जिल्ला अधिबेसनको आयोजना गरिएको नेपाल शेर्पा संघ संखुवासभाका अध्यक्ष श्याम शेर्पाले जानकारी दिए । 

ग्याल्पो ल्होसारको अवसरमा देश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण बौद्ध धर्मलम्बीहरुलाई शुभकामना आदानप्रदानका साथै अधिबेसनको आयोजना गरिएको त्यसको सम्पूर्ण तयारी पूरा भएको नेपाल शेर्पा संघ संखुवासभाका सचिव मिगुर शेर्पाले बताए । उनको अनुसार, अधिबेसन खाँदबारी–३ स्थित मंगलादेवीथानमा रहेको मिस यू पार्कमा आयोजना गरिएको छ । जिल्लाभरका प्रतिनिधीहरु भेला भई अधिबेसन सम्पन्न गर्नुका साथै नयाँ नेतृत्व छनौट समेत हुनेछ । 

शुक्रबार विहानै देखि अधिबेसन शुरु हुनेछ भने अधिबेसन सम्पन्न भएपश्चात् दिउँसो २ बजेदेखि साँगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ । चर्चित गायिक तृष्णा गुरुङ, गायक उमङ्ग लामा, छिरिङ भोटे, दावा लामा लगायतका कलाकारहरुको साँगितिक प्रस्तुती रहने बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार