मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

नेपाली कांग्रेस निकट :
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा बरुणकुमार गुरुङ चयन

Sankhuwasabhapress 598+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

संखुवासभा । नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ संखुवासभाको अध्यक्षमा बरुणकुमार गुरुङ चयन भएका छन् ।

आज मंगलबार खाँदबारीस्थित कांग्रेसको पार्टी कार्यालयमा भएको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ संखुवासभाको प्रथम अधिबेसनले १३ सदस्यीय समितिको अध्यक्षमा बरुणकुमार गुरुङलाई चयन गरेको हो । भने समितिको उपाध्यक्षद्धय लक्ष्मीकुमार लिम्बू र प्रेमनर्बू भोटे, सचिवद्धय चिरनकाजी राई र अविराज राई, सहसचिवद्धय पासाङ शेर्पा र जमुना राई रहेका छन् । सदस्यहरु राजकुमार राई, मनोजकुमार श्रेष्ठ, कर्णबहादुर पुलामी, इन्द्रनाथ मगर, बुद्ध लिम्बू र कमल तामाङ चयन भएका छन् ।

त्यसैगरि प्रथम अधिबेसनले केन्द्रीय प्रतिनिधीहरु पुरुष तर्फ ४ जना रमेशकुमार जिमी, प्रकाशकुमार राई, झलकमान तामाङ र मिक्मा तेम्बा लामा चयन भएका छन् भने महिला तर्फ यशोदा मगर र शान्ता राई चयन भएकी छिन् ।

त्यसैगरि प्रदेश प्रतिनिधीहरु पुरुष तर्फ ४ जना राजकुमार लामा, विश्वनाथ राई, विवेक घले र विशालकुमार राई चयन भएका छन् भने महिला तर्फ विमला गुरुङ र ज्योती गुरुङ चयन भएको नेपाली कांग्रेसका जिल्ला सचिव टकमान घलेले जानकारी दिए । 

नेपाली कांग्रेस कोशी प्रदेशका उपसभापति तथा पूर्वसांसद टंकप्रसाद राईको प्रमुख आतिथ्यतामा अधिबेसन भएको हो ।

उक्त अधिबेसनमा नेपाली कांग्रेसका पूर्वसभापतिद्धय दिपनकुमार श्रेष्ठ र जनक थापा, कोशी प्रदेश सदस्य राजेन्द्र घले, कांग्रेस पूर्वजिल्ला सचिव निरु तामाङ बस्नेत, कांग्रेस नेता शेरबहादुर बन, जिल्ला सदस्य तथा खाँदबारी ८ का वडासदस्य उमेश श्रेष्ठ र झलकमान राई लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा कांग्रेसका नेता तथा खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, जिल्ला सचिव टकमान घले, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विकास राई लगायतको उपस्थिती रहेको थियो । प्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रम सचिव सूर्यनारायण श्रेष्ठले संचालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार