मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सम्पादकीय
दशैंको मुखमा समेत खाँदबारी बजारमा चहलपहल छैन

Sankhuwasabhapress 598+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

नेपालीहरुको महानपर्व वडादशै नजिकीदै आएको छ । वडादशैं तथा दिपावली पर्व नेपालीहरुले धुमधामका साथ मनाउने गर्दछन् । दशैंमा आफनो आफन्तहरु भेला भई मिठोमसिनो खाने, दुःखसुखको गफ गर्ने थलोको रुपमा समेत दशैंलाई मान्ने गरिन्छ । खोजीमिली गरेर भएपनि दशैंमा एकसरो राम्रो लगाउने, दुई छाक मिठो खाने गरिन्छ ।

‘दशैं आयो खाउँला पिउँला, राम्रो लाउला’ भन्ने उखान नै छ । तर महानपर्व वडादशैं नजिकीदै गएपनि संखुवासभाको सदरमुकाम र मुख्य बजार समेत रहेको खाँदबारी बजारमा भने खाँसै चहलपहल देखिएको छैन् । विगतमा भएका मन्दीको असर अहिलेसम्म देखिएको छ । दशैं पर्वको मुखमा कारोबारकै बेला खाँदबारी बजार सुनसान जस्तै छ । अन्य दिन अफिसियल कामले मानिसहरु ब्यस्त भएपनि शनिबार र सार्वजनिक बिदाका दिन सडक र पसलहरुमा किनमेल लागि मानिसहरुको भीड हुनपर्ने हो तर त्यस्तो देखिदैन् । यसपालि दसैंअघि अब दुई वटा शनिबार मात्र किनमेलका लागि बाँकी छन् तर पनि बजारमा त्यस्तो धेरै चहलपहल नदेखिएको हो । केही बर्षअघि सम्म दशैंको मुखमा बजार, पसल र कपडा पसलमा ब्यापारीहरु बोल्न समेत भ्याउदैन थिए तर अहिले त्यस्तो ब्यस्तता देखिदैन् । 

दशैंको मुख नजिकीदै गर्दा समेत बजार चलायमान नभएपछि ब्यापारीहरु चिन्तित भएका छन् । मन्दीका कारण मानिसहरुसँग पैसाको अभाव भएकै कारणले बजार चलायमान हुन नसकेको ब्यापारीहरु बताउँछन् । केही सीमित क्षेत्रका व्यक्तिको हातमा मात्रै दशैं पर्व मनाउने पैसा भएका कारणले समग्र क्षेत्रमा निराशाले बजार चलायमान हुनसकेको छैन । अरुबेला सुस्त तथा बजार मन्दी भएपनि दशैंमा हुने खर्चले अर्थतन्त्र चलायमान बनाउँथ्यो तर यसपाली त्यस्तो हुने संकेत नदेखिएको ब्यापारीहरु बताउँछन् । ‘दशैंको मुख कपडा ब्यापारीहरु, थोक विक्रेताहरु दैनिक ५०/६० हजार रुपैया भन्दा माथिका ब्यापार गर्थे तर यो बर्ष त्यस्तो संम्भावना देखिदैन ।’-एक ब्यापारीले भने ।

उद्यमीदेखि व्यापारीसम्म व्यापार बढाउन दशैंको पर्खाइमा हुन्थे तर यसपालि उनीहरुलाई बजारमा माग बढ्छ भन्ने विश्वास देखिन छोडेको बताउँछन् । अहिले चाडवाडको मुखमा कर्मचारीहरुले मात्रै दशैंको मुख तलबभत्ता खाएकाले उनीहरुसँग मात्रै पैसा भएको अन्य क्षेत्रमा मन्दी भएको ब्यापारीहरुको भनाइ छ । अब ती तलबभत्ता कति बजार चलायमान हुन्छ र, संम्भावना कम भएको ब्यापारी स्वीकार्छन् । 

अन्त्यमा, नेपालीहरुको मौलिक पर्व जसोतसो मनाउनुपर्छ । देखासिकी गरेर मनाउनु भन्दा पनि आफ्नो क्षमता अनुसार दशैं पर्व मनाऔं, बजार चलायमान गराउन वाणिज्य संघ लगायतका सरोकारवाला संघसंस्था र सरकारले समेत केही सहजीकरण गर्न आवश्यकता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार