महिला विश्व कप : क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दै

Sankhuwasabhapress 621+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

काठमाण्डौ - फिफा महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया खेल्दैछन् ।

अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

हिजो भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन तथा जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा पुगेका छन् ।

अगस्ट १५ तारिखमा पहिलो र १६ तारिखमा दोस्रो सेमिफाइनल हुनेछ । गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार