मकालु गाउँपालिका
मकालुमा आधारभूत स्काउट तालिम समापन

Sankhuwasabhapress 621+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

नविनकला जैरु 

मकालु (नुम) । संखुवासभाको मकालु गाउँपालिकामा ६ दिने आधारभूत स्काउट तालिम सम्पन्न भएको छ । 

मकालु गाउँपालिका कार्यालय तथा स्थानीय स्काउट समितिको आयोजनामा ५५२ औं बि.टि.सि तथा ४०४ औं पि.टि.सि तालिम कार्तिक १९ गते देखि २४ गते सम्म सञ्चालन भएको हो । स्थानीय स्काउट संयोजक रेशम राईको अध्यक्षतामा मकालु गाउँपालिका उपाध्यक्ष मनकला राईको प्रमुख आथित्यमा औपचारिक रुपमा कार्यक्रम समापन भएको हो ।

तालिममा पुरुष विभागको कोर्ष लिडर नारायण श्रेष्ठ थिए भने महिला कोर्ष लिडर सिवानी देवान रहेकी थिइन् । त्यस्तै काउन्सिलिङ तर्फ दुर्गाबहादुर बिष्ट, तुलसीकुमार पराजुली, राजेन्द्र भट्टराई, रेशम राई, उषाकिरण दाहाल चापागाई, टंककुमारी राई र सर्भिस टिममा रोभर साकर खड्का रहेका थिए । 

मकालु गाउँपालिका शिक्षा संयोजक पुष्पबहादुर तामाङ, स्थानीय स्काउट समिति भोटखोला संयोजक धोर्चे भोटे तथा मकालु स्थानीय समिति सदस्यहरुको पनि तालिममा सहभागिता रहेको थियो ।

तालिममा मकालु, भोटखोला र चिचिला गाउँपालिका गरी १८ महिला ३० पुरुष गरि जम्मा ४८ जनाको सहभागिता रहेको काउन्सिलर दुर्गाबहादुर बिष्टले जानकारी दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार